ऋण नतिर्नेको जायजेथा रोक्का राख्न सरकारी निर्देशन

बागमती प्रदेश सरकारको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले ऋण तिर्न अटेरी गर्ने ऋणीहरुको जायजेथा रोक्का राख्न निर्देशन दिएको छ । मन्त्रालयले सहकारी संस्थाबाट ऋण लिएकाको जसरी पनि कर्जा उठाउन निर्देशन दिएको छ ।

Advertisement 1

लामो समयदेखि ऋण नतिरी अटेर गर्ने ऋणी सदस्यहरुको खाता, जायजेथा स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखि पठाउन मन्त्रालयले सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ । सदस्यहरुले बचत गरेको रकम नै कर्जाको रुपमा प्रवाह हुने उल्लेख गर्दै मन्त्रालयले ऋणीहरुले समयमै आफूले भुक्तान गर्नुपर्ने साँवा र ब्याज नतिरिदिँदा सहकारीहरु समस्यामा परेको मन्त्रालयको ठहर छ । मन्त्रालयका अनुसार ऋण चुक्ता नगर्ने परिपाटीका कारण सहकारीले निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न नसकेको हो ।

निर्देशनात्मक सूचनामा भनिएको छ, सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणीहरुले तोकिएको समय भित्र ऋणको सावाँ तथा व्याज चुक्ता नगर्दा केहि संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको समेत पाईएको छ । तसर्थ ऋणी सदस्यले समयमा नै ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ बमोजिम ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा विक्रि गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था समेत रहेको हुँदा प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको वर्खिलाप नहुने गरी जुन सम्झौता वा शर्त बमोजिम ऋण लिएको हो सोहि बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्यालाई समाधान गर्न सहयोग गरीदिनु हुन सम्पूर्ण ऋणी सदस्यहरुमा अनुरोध छ ।’

Advertisement 2

सहकारी-सूचना-1689487578

 

 

Advertisement 3

 

प्रकाशित :२०८० श्रावण ५, शुक्रबार ०९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry