‘गोल्ड मेडलिस्ट’ उपसचिवविरुद्ध मुद्धा तयार,आइतबार हुँदैछ दायर

घुससहित रंगेहात पक्राउ परेका गोल्ड मेडलिष्ट उपसचिवविरुद्ध भ्रष्टाचार मुद्धा तयार परेको छ । गत साउन १७ रंगेहात ६ लाख र पछि साढे १६ लाख रुपैयाँ घुससहित पक्राउ परेका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियारले पर्सी आइतबार विशेष अदालतमा मुद्धा दायर गर्ने तयारी गरेको आयोग स्रोतले जनाएको छ ।

Advertisement 1

नेपाल त्रिविवि अर्थशास्त्रबाट स्नातकोत्तर गर्दाताकाका गोल्ड मेडलिष्ट समेत हुन । सरकारी सेवामा प्रवेश गरेपछि पनि उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर पाए । बेलायतमा अध्ययन सकेर उनी नेपाल फर्किएको ९ महिना मात्रै भएको छ । छात्रवृत्तिमा विदेशमा पढेर फर्किएपछि पाल्पाका उनी पर्यटन मन्त्रालयमा काम गर्न थालेका थिए ।

तर, ८ महिना पछि नै उनले प्याराग्लाइडिङको अनुमतिका लागि उपसचिव साढे २२ लाख घुससहित अख्तियारको फन्दामा परेका थिए । उनीविरुद्ध तथ्य र प्रमाणहरु संकलन गरे आयोगले आइतबार विशेष अदालतमा मुद्धा दायर गर्ने तयारी गरिरहेको आयोगले जनाएको छ ।

प्रकाशित :२०७९ भाद्र ३१, शुक्रबार १२:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry