तलब बृद्धिमा असमानता :- मुख्यसचिवको १० हजार ७१ रुपैंयाले बृद्धि हुँदा खरिदारको ४२९१ मात्र

सरकारले बजेट बक्तव्यमार्फत सोलो डोलोमा १५ प्रतिशतका दरले कर्मचारीको तलब रकम बृद्धि गरेपछि तल्ला तहका कर्मचारीहरुले निराशा व्यक्त गरेका छन् । आर्थिक वर्ष ०७९ ८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जर्नादन शर्माले सरकारी कर्मचारीका तलब १५ प्रतिशतले तलब बृद्धि गरेको जनाएका थिए । निजामती, सेना, प्रहरी, शिक्षकलगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन साउन १ गतेदेखि लागू हुनेगरी तलबमानमा १५ प्रतिशतले वृद्धि गरिएको मन्त्री शर्माले बताएका हुन हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता दिएको शर्माले जनाएका छन् । बजार मूल्य र आवश्यक्ता उस्तै भए पनि माथिल्लो तहका कर्मचारीका तलब १० हजारले बढ्दा तल्ला तहका कर्मचारीको तलब ४ हजार हाराहारीले मात्र बढेको छ ।

Advertisement 1

तलब बृद्धि गर्दा तह अनुसार अनुपातका आधारमा नगरी सबै कर्मचारीको तलब एकमुष्ट १५ प्रतिशतले बढाइँदा तलब बृद्धिपछि पनि माथिल्ला तह र तल्ला तहका कर्मचारीबीच विभेद भएको भन्दै उनीहरुले निराशा पोखेका हुन । नयाँ व्यवस्था अनुसार आगामी साउन १ मुख्यसचिवले ७७ हजार २११ रुपैंया बुझ्नेछन् । यस अघि मुख्य सचिवले ६७१४० रुपैंया मासिक तलब वापत बुझ्दै आएका थिए । यो तलवमानमा मासिक २ हजार मंहगी भत्ता समेत पाउनेछन् । यो हिसाबले मुख्य सचिवले ७९ हजार २११ रुपैंया तलब बुझ्नेछन् । यस्तै खरिदार तहका कर्मचारीले भने यस अघि २८ हजार ६१० रुपैंया बुझ्दै आएकामा आगामी साउन १ गते देखि ३२ हजार ९०१ रुपैंया बुझनेछन् । नयाँ तलवमान अनुसार मुख्यसचिवको तलब १० हजार ७१ रुपैंयाले बढ्दा खरिदारको तलब ४ हजार २९१ रुपैंयाले मात्र बढेको छ । यस्तै सचिवको तलब ९ हजार ४०२ रुपैंयाले बढेर आगामी साउनदेखि ७२ हजार ८२ रुपैंया मासिक रुपमा पाउनेछन् । यस्तै साउनदेखि सहसचिव वा सो सरहका कर्मचारीले ५६ हजार ७८७ रुपैंया पाउनेछन् । यस्तै तलबवापत उपसचिव वा सो सरहका कर्मचारीहरुले ४८ हजार ७३७ रुपैंया पाउनेछन् । यस्तै अधिकृत वा सो सरहका कर्मचारीहरुले ४३,६८९,नासु वा सो सरहका कर्मचारीले ३४७३० रुपैंया तलब वापत बुझ्नेछन् ।
यस्तै खरदारको मासिक तलब ३२ हजार ९०२ पुगेको छ भने राप अन तृतीय श्रेणीका कर्मचारीहरुले मासिक २७६१२ र राप अन चर्तुथ तहका कर्मचारीहरुले मासिक २६ हजार ८२ रुपैंया तलब वापत बुझ्नेछन् ।

बढ्नलाई सबै कर्मचारीको एकमुष्ट १५ प्रतिशत तलब बढेको हो तर मुख्यसचिवको तलब १० हजार ७१ रुपैंयाले बृद्धि हुँदा खरिदारको तलब ४२९१ मात्र बृद्धि भएको छ । बजार मूल्य र आवश्यक्ता उस्तै भए पनि माथिल्लो तहर तल्ला तहका कर्मचारीबीचको तलब बृद्धिमा ठूलो खाडल देखिएको भन्दै कर्मचारीहरुले निराशा पोख्न थालेका छन् ।

Advertisement 2

 

प्रकाशित :२०७९ जेष्ठ १६, सोमबार ०८:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry