समायोजन भएका कर्मचारीलाई फिर्ता पठाउन रोक

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भइ कार्यरत रहेका कर्मचारीहरुलाई फिर्ता नपठाउन परिपत्र गरेको छ ।

Advertisement 1

मन्त्रालयलका शाखा अधिकृत बाबुराम भट्टराईले देशैभरका ७५३ स्थानीय तहलाई परिपत्र गर्दै कतिपय स्थानीय तहले समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका कर्मचारीहरुलाई विभिन्न बाहनामा फिर्ता पठाएको बुझिन आएकोले यसरी फिर्ता गर्नु कानूनी व्यवस्थाको प्रतिकुल हुने भन्दै स्मरण गराएका छन् ।

कर्मचारी समायोजन ऐन २०७५ बमोजिम विभिन्न स्थानीय तहमा समायोजन तथा समायोजन मिलान भई कार्यरत केही कर्मचारीलाई कतिपय स्थानीय तहले विभिन्न बहानामा फिर्ता पठाएपछि रोक लगाउनु परेको मन्त्रालयले जनाएको छ ।

Advertisement 2

 

प्रकाशित :२०८० श्रावण ४, बिहीबार ०९:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry