लुटपाट भएका सामान फिर्ता गर्न शहरी विकास निर्माण विभागको आग्रह

oppo_1024

काठमाडौं। शहरी विकास तथा भवन निर्माण विभागले जेन जेड आन्दोलनका क्रममा लुटपाट भएका सामान फिर्ता गर्न एक सुचना प्रकाशित गरेको छ ।

Advertisement 1

विभागले आज सूचना निकाल्दै जेन जेड आन्दोलनका क्रममा भदौ २४ गते बबरमहलस्थित भवन निर्माण विभागमा व्यापक लुटपाट भएको सामान फिर्ता गर्न आग्रह गरेको हो ।

भदौ २४ गते आन्दोलन तथा तोडफोडको क्रममा यस विभाग र परिसरमा रहेका सवारी साधन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टिभी, कुर्सी लगायतका सामग्रीहरू तथा कर्मचारीका निजी सवारी साधनसमेत विभाग परिसरबाट लुटपाट÷चोरी भएको विभागले जनाएको छ।

Advertisement 2

सामानको विषयमा कुनै जानकारी भएमा फोन गरेर जानकारी दिन वा नजिकको सुरक्षा निकायमा जानकारी गराउनसमेत सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित :२०८२ भाद्र ३०, सोमबार ११:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry