लेखाका ३७३ कर्मचारीको सरुवा,को कहाँ ? (सूचीसहित)

महालेखा नियन्त्रकको कार्यालयले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ ।

Advertisement 1

कार्यालयले गत पुस ७ कै मितिमा ४७ जना उपसचिव सरहका प्रमुख लेखा नियन्त्रक, प्रमुख कोष नियन्त्रक, शाखा अधिकृत सरहका १ सय १७ जना लेखा अधिकृत तथा कोष अधिकृत तथा नायब सुब्बा सरहका २ सय २५ जना लेखापालको सरुवा गरेको भए पनि उक्त सूची झण्डै दश दिनसम्म गोप्य राखेको थियो ।

चलखेलका आधारमा सरुवा गरिएको र सूची गोप्य राखेको बिषयमा मिडियाले तारान्तार खबरदारी गरेपछि महालेखाले आज बिहान सरुवाको उक्त सूची सार्वजनिक गरेको हो ।

Advertisement 2

गत पुस ७ गते गरिएको सरुवा,काज र पदस्थापनको सूची महालेखाले दश दिनपछि सार्वजनिक गरेको हो । गत भदौंमा नै हुनुपर्ने लेखाका कर्मचारीहरुको सरुवा निर्वाचन आचारसंहिताका कारण रोकिएको थियो । आचारसंहिता फुकुवा भएसँगै महालेखाले एकै पटक ३७३ कर्मचारीहरुको सरुवा गरेको हो । जसमध्ये केही पदस्थापन,केही काज सरुवा गरिएको महालेखाले जनाएको छ ।

lekha saruwa
प्रकाशित :२०७९ पुष १८, सोमबार १०:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry