कुर्सीमा बसेकै अवस्थामा मृत भेटिए बुढीनन्दा कृषि शाखाका हाकिम

बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख मृत अवस्थामा फेला परेका छन् ।

Advertisement 1

४८ वर्षीय जयलाल दानी आफ्नै क्वार्टर अगाडि कुर्सीमा बसेको अवस्थामा मृत फेला परेको हुन् । बुढीनन्दा नगरपालिका–७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिक तर्फका स्थायी कर्मचारी हुन् ।

बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र बोहराले दानी बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आफ्नै सरकारी निवास अगाडि कुर्चीमा बसेको अवस्थामा मंगलबार बिहान मृत भेटिएको जानकारी दिए । उनकाअनुसार नगरपालिकाकै कर्मचारीले दानीका बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।

Advertisement 2

बूढीनन्दा नगरपालिका–७ पाण्डुसैन स्थायी घर भएका दानी नगरपालिकाले निवास प्रयोजनका लागि भाडामा लिएको घरमा बस्दै आएका थिए । उनको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :२०८० श्रावण ३, बुधबार ०८:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry