विवादित सचिव आफ्नै काममा मस्त, कारवाहीका लागि मुख्यमन्त्रीलाई पत्र !
मन्त्रालयका सचिवमाथि कारबाहीको माग गर्दै सामाजिक विकासमन्त्री दल रावलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका छन् ।
Advertisement 1
सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालमाथि कारबाहीको माग गर्दै मन्त्री रावलले मुख्यमन्त्री शाहीलाई पत्र लेखेका हुन् । मन्त्रालयमा कुनै काम नभएको भन्दै मन्त्री रावलले सचिव पौड्यालमाथि कारबाहीको मागसहित २३ फागुनमा मुख्यमन्त्री शाहीलाई पत्र लेखेको पाइएको छ ।चालू आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा पनि मन्त्रालयका कुनै कामहरु अघि नबढेपछि पत्र लेख्न बाध्य भएको मन्त्री रावलले बताएका छन् । चालू आर्थिक वर्ष २०७७/०७८ को अन्तिमतिर आउँदासम्म पनि मन्त्रालयको काममा सिन्को भाँच्नेसम्मको कार्य गरेनन् । सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउनका लागि आवश्यक कदमका साथ कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु,’ पत्रमा लेखिएको छ । चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्म सामाजिक विकास मन्त्रालयको पुँजीगत खर्च ३.२३ प्रतिशत मात्रै छ । मन्त्रालयसँग रहेको पुँजीगत तर्फको एक खर्ब ४२ करोड २० लाख १४ हजार मध्ये चार करोड ५९ लाख ३० हजार १५१ रुपैयाँ मात्रै खर्च भएको छ ।कर्णाली राजमार्गको दैलेखमा पर्ने आठबीस नगरपालिकामा ट्रमा सेन्टर, ७८ वटै पालिकामा खेल मैदान, पाँच जिल्लाका पाँच अस्पताल भवन निर्माणलगायतका कामहरु सचिवकै कारण सुरु हुँन नसकेको मन्त्रालयका एक कर्मचारीले बताए ।
Advertisement 2
सचिवकै कारण कर्णाली प्रदेश अस्पतालहरुमा कार्यरत विशेषज्ञ सेवा अन्तर्गतका कर्मचारीहरुले तलब पाएका छैनन् । अघिल्लो साता करारमा काम गर्दै आएका अस्पताल कर्मचारीहरुले सचिवको कार्यकक्षमा समेत तालाबन्दी गरेका थिए ।मन्त्री रावलको पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कारबाही र सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गेपछि सचिव पौड्याललाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काजमा सरुवा गरेको छ ।