चार सचिव रिक्त,को को छन् बढूवाको लाइनमा ?
अहिले चार सचिव पद रिक्त छ । प्रशासन सेवा तर्फको एक,प्राविधिक दुई र कानुन सेवाको एक सचिव पद रिक्त छ । प्रशासन सेवाका सचिव यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयबाट संष्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयतिर पुर्याइएपछि त्यहाँ एक सचिव पद रिक्त छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा ५ सचिवको दरबन्दी रहेको छ ।
यस्तै हालैमात्र प्राविधिक सेवा समूहका सचिव ऋृषिराम शर्माले अवकाश पाएका छन् । यस्तै कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव राजेन्द्र भारीले अवकाश पाएसँगै प्राविधिक सेवा समूहको दुई सचिव पद रिक्त हुन पुगेको छ ।
नेपाल कानुन आयोगका सचिव चिरञ्जिवी खनालले पनि उमेर हदका कारण अवकाश पाएसँगै कानुन सेवा समूहतर्फ एक सचिव पद रिक्त हुन पुगेको छ ।
Advertisement 1
काठमाडौं महानगरपालिकाको सचिव दरबन्दीबाट विशिष्ट श्रेणी काटिएकाले चार पद मात्र रिक्त हुने स्थिति छ ।
प्रशासन सेवा समूहबाट गोकर्णमकणि दुवाडी,सुमन अर्याल र भरतमणि सुवेदीहरु सचिव बढुवाका प्रवल दावेदार हुन् ।
दवाडी यसअघि ५ पटक बरिष्ठताका आधारमा पहिलो नम्बरमा सचिव बढुवा सिफारिसमा परे पनि कनिष्ठ विष्णु नेपाल,मानबहादुर बिके,चन्द्रमान श्रेष्ठ,मधु मरासिनीहरुले सचिव पाइसकेका छन् ।
नेपाल हाल गण्डकी प्रदेशको प्रमुख सचिव,बिक बाग्मती प्रदेशको प्रमुख सचिव छन् यस्तै श्रेष्ठ कर्णाली प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा छन् भने मधुलेचाहिँ सचिवमा बढुवा हुनेबित्तिकै महालेखा नियन्त्रकको कार्यालय कमाण्ड गर्ने अवसर पाएका छन् ।
यसअघि अर्थमन्त्री युवराज खतिवडादेखि मुख्यसचिव लोकदर्शन रेग्मीहरुका कारण पाँच पटकसम्म अन्यायमा पारिएका दुवाडी सचिव बढुवा होलान् वा नहोलान् ? निजामती बृत्तमा चासोका साथ हेरिएको छ ।
Advertisement 2
प्राविधिकतर्फ सचिव बन्ने लाइनमा चाहिँ कार्कीसहित गोविन्द शर्मा कृष्ण आचार्य र विमलकुमार निर्मल छन् । यस्तै यसअघि नै बरिष्ठताको आधारमा कृषिसचिव बन्नुपर्ने योगेन्द्रकुमार कार्की पनि गोकर्णमणि दुवाडी झैं पछि परेका मानिन्छन् ।
बरिष्ठताका आधारमा गत वैशाखमै सचिव बढुवा हुनुपर्ने कार्कीको सट्टा तेश्रो नम्बरमा नाम सिफारिस भएका राजेन्द्र भारीलाई सचिव बनाइएको थियो । उनी कृषि मन्त्री घनश्याम भुषालकै जिल्लावासी हुन् ।
शंकरदास बैरागी मुख्यसचिव बनेसँगै पहिलो पटक सहसचिवहरु सचिवमा बढुवा हुँदैछन् ।