स्कुलको ‘माटो खाने’ हेडसर अख्तियारको फन्दामा

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित वैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा सहित ४ जना भ्रष्टाचारमा मुछिएका छन् ।
Advertisement 1
विद्यालय हाताभित्र रहेको जमिन गैरकानूनी रुपमा उत्खनन् गरी ईंटा उद्योगलाई बेचेको अभियोगमा बोहरासहित चार जनामाथि भ्रष्टाचार मुद्दा लागेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा दायर हुनेमा कञ्चनपुर लालझाडी गाउँपालिका वडा नं. ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना छन् ।
Advertisement 2
माटो किन्ने भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट र सिद्ध वैजनाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
आयोगले सो रकम बराबर बिगो, जरिवाना र सजायको मागदाबी लिई अदालतमा मुद्दा दायर गरेको थियो ।