सिँचाई विकासका सव-इन्जिनियर दुई लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सव-इन्जिनियरलाई घुसको रकमसहित पक्राउ गरेको छ ।

Advertisement 1

पक्राउ पर्नेमा जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बसुन्धरामा कार्यरत सव-इन्जिनियर दिपेन्द्रकुमार केसी रहेका छन् ।

सव-इन्जिनियर केसीलाई कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौतामा सेवाग्राहीसँग २ लाख घुस लिएको अवस्थामा रकमसहित कार्यालयबाटै पक्राउ गरिएको हाे ।

Advertisement 2

आयोगका प्रवक्ता नारायण रिसालका अनुसार सम्झौता अनुसार कार्य सम्पन्न गरेर अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना पाएपछि कार्यालय नै पुगेर पक्राउ गरिएकाे हाे ।

घुस रकमसहित पक्राउ परेका केसीमाथि आवश्यक थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित :२०७८ आश्विन २०, बुधबार ११:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry