काजमा कार्यरत कर्मचारी फिर्ता पठाउन सामान्यको परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा कार्यरत कर्मचारीहरु फिर्ता पठाउन परिपत्र गरेको छ । मन्त्रालयले दुगर्ममा दरबन्दी राखेर सुगममा कार्यरत कर्मचारीहरुलाई काज फिर्ता पठाउन सातै वटा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका सबै निकाय र ७५३ स्थानीय तहलाई परिपत्र गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कृष्ण थापाद्धारा गरिएको परिपत्रमा कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दरबन्दी रहेको स्थानमा फिर्ता हुन परिपत्र गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसरी दुर्गममा दरबन्दी राखेर काजमा सुगममा कार्यरत कर्मचारीहरुको संख्या ९ सय भन्दा बढी रहेको बताइएको छ ।
मन्त्रालयले अहिले कोभिड १९ को महामारी सकिएको लामो समय भइसक्दा समेत कोभडिका समयमा उक्त रोगको रोकथाम, नियन्त्रण तथा उपचार प्रयोजनको लागि समायोजन भएको तह र निकायमा दरबन्दी राखि संघ, प्रदेश र स्थानीय तहहरूको विभिन्न निकायहरुमा कामकाजमा खटाईएकोमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निजहरुको दरबन्दी रहेको तह तथा निकायहरूमा काज फिर्ता गर्ने असार २५ को निर्णय कार्यान्वयनको लागि अनुरोध गरिएको परिपत्रमा उल्लेख गरिएको छ ।

Notices-20230713101448214
प्रकाशित :२०८० असार २८, बिहीबार ११:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry