सचिवलाई दायाँ-बायाँ राखेर मन्त्रीको निर्देशन :-‘आत्महत्या गर्छु भन्ने कर्मचारीलाई डोरी लगेर दिनुहोस्’

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको एउटा अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ ।
आफ्ना दुई महिनाको उपलव्धी सुनाउन रामशाहपथस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले दिएको अभिव्यक्तिलाई लिएर उनको राजीनामा समेत माग्न थालिएको छ ।
दायाँ र बायाँ मन्त्रालयका दुई सचिव राखेर मन्त्री बस्नेतले कर्मचारी सरुवाको प्रसंग निकालेर भने एक जना स्वास्थ्यकर्मीले हाम्रो सचिव ज्यूलाई फलानो ठाउँबाट सरुवा गरिदिनु भयो भने त म आत्महत्या गर्दिन्छु भन्दै धम्की दिदो रहेछ, मैले सचिवलाई भनिदिएको छु, फेरी पनि त्यो कर्मचारी त्यसरी प्रस्तुत भयो भने डोरी किनेर दिनु र झुन्डिनु भनी दिनु ।’,

Advertisement 1

‘स्वास्थ्यमा सरुवा गराउन कोही तागत लगाएर आउछन् । कोही आत्महत्या गर्छु भन्दैं आउँछन् । केही मान्छेको सरुवा गरे तर केही मान्छे यही हुनुपर्छ नभए आत्महत्या गर्छु भनेर आएछन् । सचिवज्यूहरु यही दायाँ बायाँ हुनुहुन्छ । एउटा आएर म यही आत्महत्या गर्छु भनेछ । सचिवज्यूहरु त्यस्तो घटना घटिहाल्लाकी, भटाभट आत्महत्या गरिरहेका छन्, डराउनुभएछ अनि म कहाँ आउनुभयो । झन उहाँको त कमलो मन ,लौन केही गर्नुप¥यो आत्महत्या गर्छु भन्छ भन्नुभयो ।

मैले त कुरा बुझेको छु । उसो भए डोरी लगेर दिनुहोस्, सचिवज्यूकोमा झुण्डिन मन लागेन भने मन्त्रीको गेटमा गएर झुण्डिन भन्दिनुस भन्दिए । उहाँहरुले त्यसो भनेपछि उहाँ जुरुक्क उठेर हिड्नुभयो । यहाँ दंग्याउने घुर्काउने धेरै हुन्छन् । सबै कुरा पचाएन भने सकिदैन् ।

Advertisement 2

मन्त्रीको यो अभिव्यक्ति आत्महत्या दुरुत्साहनको मुद्धा पनि बन्न सक्ने भन्दै उनको अभिव्यक्तिलाई लिएर स्वास्थ्य क्षेत्रका ट्रेड युनियनदेखि पूर्व स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले समेत राजीनामा माग गरेकी छिन् ।

एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले पनि बस्नेत कुनै पनि हिसावमा पदमा बस्न योग्य नभएको बताएको छ । एक विज्ञप्ती जारी गर्दै संघले आत्महत्या दुरुत्साहन गराउँने अभिव्यक्तिले मन्त्री जस्तो पदको पदीय गरिमाको अवमूल्यन भएकाले नैतिकता प्रदर्शन गर्न अनुरोध गरेको छ ।

Advertisement 3

अध्यक्ष डा झलक गौतमले भनेका छन्, सार्वजनिक रुपमा “डोरी दिएर झुण्डिन पठाउँनु” भन्ने गैरकानुनी, गैरजिम्मेवारपूर्ण र आपत्तिजनक अभिव्यक्ति प्रति यस महासंघ घोर भत्सर्ना गर्दै खेद प्रकट गर्दछ ।

प्रकाशित :२०८० असार २७, बुधबार ०७:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry