तीन दर्जन प्रमुख प्रशासकीय अलपत्र,अनि आयो मोदीको परिपत्र…

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्रालयले खटाएका झण्डै साढे दुई दर्जन प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्थानीय तहहरूले हाजिर नगराई फर्काइदिएसँगै मन्त्रालयले एक्सन लिएको छ ।
महिना दिन अघि नै  गत फागुन ३ र फागुन १६ गते सामान्यले खटन पटन गरेकामध्ये साढे दुई दर्जन उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृत विभिन्न स्थानीय तहमा पहिलो पोस्टिङ गरेको थियो । तिनैमध्येका एक हुन मोहन घिमिरे,जो रौतहटको गौर नगरपालिकामा खटाइएका थिए । त्यहाँबाट हाजिरै गर्न नदिई संघीयमै फर्काइए । यस्तै मोरङको रतुवामाई नगरपालिकामा खटाइएका नारायण न्यौपाने उसैगरी फिर्ता पठाइनेमा परे । सामान्यका अनुसार अहिले ३० भन्दा बढी प्रमुख प्रशासकीय त्यसरी फिर्ता भएका छन् ।
सामान्यले खटन पटन गरेका साढे दुई दर्जन उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित नगरपालिका र गाउँपालिकाका लागि खटाएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई हाजिरै गर्न नदिई फर्काउने सिलसिला बढ्दै गएपछि सामान्यले ती स्थानीय तहलाई सात दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ ।

Advertisement 1

मन्त्री अमन लाल मोदीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले शुक्रबार नै परिपत्र गरिसकेको छ ।

मन्त्रालयले मन्त्रालयबाट खटाइएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित नगरपालिकारगाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समेत परिपत्र गरेको छ ।

प्रकाशित :२०७९ चैत्र १३, सोमबार ०६:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry