यी हुन तालिमका लागि छनोट भएका संघका अधिकृतहरु


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाकालिन तालिम छनोटमा मनोनयन भएकाहरुको सूची सार्वजनिक गरेको छ ।
मनत्रलय मातहतको जनशक्ति योजना तथा विकास शाखाले संघमा कार्यरत राप तृतीय श्रेणीका कर्मचारीहरुलाई तीस दिने सेवाकालिन तालिमका लागि गत कार्तिक १४ गते आवेदन आह्वान गरेको थियो ।
२६ कार्तिकसम्ममा ३६ जना शाखा अधिकृतहरुले विनेदन दिएका थिए । जसमध्येबाट ६ जना शाखा अधिकृत छनोट भएका हुन् ।
छनोट भएका शाखा अधिकृतहरुमध्ये आगामी मंसिर ८ गतेदेखि तीस कार्यदिनका लागि शाखा अधिकृतहरु अम्मरराज जोशी,कृष्ण कुमारी गौली र मुक्तिनाथ सुवेदी छन् ।
यस्तै सावित्री श्रेष्ठ,भीम प्रसाद दाहाल र मनोज ठाकुर मंसिर १५ गतेदेखि तीस कार्यदिनका लागि छनोट भएको मनत्रलयले जनाएको छ ।

प्रकाशित :२०७७ मंसिर ४, बिहीबार ०७:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry