वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका–५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जिल्लाको तत्कालीन सहोडवा गाविस–१ हाल पिपरा गाउँपालिका–५ का वडाध्यक्ष यादवले स्थानीय सुब्बा पोखरी हकभोग गरेबापत गाविस कार्यालयलाई ठेक्काबापतको बुझाउनुपर्ने रकम नबुझाई आफूलाई गैरकानूनी लाभ पु¥याई बदनियतपूर्वक सार्वजनिक सम्पत्ति नोक्सानी गरेकाले उनीविरुद्ध रु ३५ लाख २१ हजार २०४ मागदाबी लिई विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Advertisement 1

साविकको सहोडवा गाविस–६ मा पर्ने सुब्बा पोखरीको तत्कालीन गाविस कार्यालयले २०७१ साल भदौ १ गतेदेखि २०७६ साल भदौ मसान्तसम्मको ठेक्का बन्दोबस्त हुँदा पोखरी हकभोगको ठेक्का यादवको नाममा स्वीकृत गरेको तर निजले पोखरी हकभोग गरेबापत गाविस कार्यालयलार्ई रकम नबुझाएको भन्ने उजुरी उनीविरुद्ध परेको थियो ।

उक्त उजुरीउपर आयोगले अनुसन्धान गर्दा यादवले २०७३ साल माघ ४ गतेसम्ममा जम्मा रु १९ लाख ४२ हजार ८०१ गाविसलाई बुझाएको र वडाध्यक्ष निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाएको पुष्टि भएको आरोपपत्रमा उल्लेख गरेको छ ।

प्रकाशित :२०७८ माघ २७, बिहीबार १९:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry