कर्मचारीलाई मन्त्रीको प्रश्न :- काममा ढिलाई गर्दा कमिसन बढ्छ ?
मन्त्रीले कर्मचारीलाई प्रश्न गरे काममा ढिलाई गर्दा कमिसन बढ्छ ? कर्मचारीहरुले स्थानीयले दुख दिएका कारण काममा ढिलाई भएको जबाफ फर्काए ।
यस्तो संवाद भएको हो,हिजो भैसेपाटीमा ।
Advertisement 1
पाँच महिनापछि शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनाको स्थलगत निरिक्षण गर्न निस्किएका थिए । त्यहाँ संघीय मन्त्री, सभामुख, मूख्यमन्त्री तथा प्रदेश प्रमुखका निवास निर्माणको काम भइरहेको छ ।
पाँच महिना अघि मन्त्री बनेलगतै उपत्यकाभित्र निर्माणाधीन ठूला संरचनाहरूको एकसरो अनुगमन गरेका मन्त्री चौधरीले पाँच महिना पछि स्थलगत निरिक्षणमा निस्कदा खासै प्रगति नभएपछि उनले त्यहाँका ठेकेदार र कर्मचारीलाई प्रश्न गरे,काममा ढिलाई गर्दा कमिसन बढ्छ ?
Advertisement 2
कर्मचारीहरुले कोभिड र स्थानीयले दुःख दिँदा काम गर्न नसकिएको जबाफ फर्काए । पाँच महिनापछि पछाडि स्थलगत निरीक्षणमा जाँदा पनि अवस्था उस्तै देखे पछि मन्त्रीले निर्देशन दिए के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस्। मैले के गर्नु पर्यो मलाई भन्नुस्’।
त्यसलगत्तै मन्त्री चौधरी भैँसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षणमा निस्किए।