१० सहसचिवको सरुवा

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १० सहसचिवको सरुवा गरेको छ ।

Advertisement 1

सहसचिव गणेश अर्याललाई रुपन्देही, रामबन्धु सुवेदीलाई दाङ, शिवराम गेलाललाई महोत्तरी तथा रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखमा गोगनबहादुर हमाललाई पठाइएको छ । हमाल दैलेखमा प्रमुख जिल्ला अधिकारी थिए ।

Advertisement 2

जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव रुद्रसिंह तामाङलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ । प्राधिकरणमा गृहका सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत सहसचिव भरतमणि पाण्डे, दीपककुमार पहाडी र खगेन्द्रप्रसाद रिजाल मन्त्रालयमा सरुवा भएका छन् ।

Advertisement 3

 

प्रकाशित :२०८० भाद्र २५, सोमबार १८:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry