दुर्गममा दरबन्दी, काजमा सुगम रोज्ने ९ सय कर्मचारी फन्दामा,१ साउनदेखि काज फिर्ता अनिवार्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी दुर्गममा राखेर सुगममा काजमा कार्यरत रहेका कर्मचारीहरुलाई दरबन्दी भएको ठाउँमा अनिवार्य फिर्ता हुन निर्देशन दिएको छ ।

Advertisement 1

मन्त्रालयले आज कर्मचारीहरूको व्यवस्थापन गर्ने भन्दै आगामी १ साउनदेखि नै लागू हुने गरि कर्मचारीलाई आफ्नै दरबन्दी भएको ठाँउमा फर्कन निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले गरेको सात बुँदे परिपत्रमा यस्तो निर्देशन गरिएको हो । मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपषिद्को कार्यालय, स्वास्थ्य मन्त्रालय मातहतको सबै निकाय र सबै स्थानीय तहलाई परिपत्र गर्दै कामकाजमा खटाइएका कर्मचारीमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरुलाई तत् तत् स्थानीय तहमा साउन १ गतेदेखि लागू हुने गरि अनिवार्य काम फिर्ता गर्ने भनेको छ ।

Advertisement 2

परिपत्रमा प्रदेश तथा स्थानीय तहहरूमा समायोजन भई समायोजन भएको तहमा रमाना लिई नगएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १२० बमोजिम समायोजन भएको निकायमा सात दिनभित्र रमाना दिई जानकारी दिन, प्रदेश र स्थानीय तहमा समायोजन भई संघको विभिन्न निकायहरूमा कामकाजमा रहेका चिकित्सकरस्वास्थ्यकर्मीहरूलाई समायोजन भएको तत् तत् तहमा एक साताभित्र काज फिर्ता गरी सो को जानकारी दिन भनिएको छ ।

मन्त्रालयका अनुसार ८९१ कर्मचारी दुर्गममा दरबन्दी राखेर काजमा शहरकेन्द्रित पालिकामा कार्यरत छन् । जस्तो १७० जनाको दरबन्दी रहेको पोखरा महानगरपालिकामा थप ५८ जना काजमा काम गरिरहेका छन् । यस्तो अबस्था सुर्खेतको वीरेन्द्रनगर नगरपालिकादेखि रूपन्देहीको तिलोत्तमा, धनगढी उपमहानगरपालिकादेखि भीमदत्त, बाँकेको कोहलपुर, हेटौंडा लगायत स्थानीय तह छन् ।
अघिल्लो आर्थिक बर्षमात्र काजमा रहेका कर्मचारीहरुको तलब भत्ताका नाममा अर्ब ७५ करोड निकासा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै,कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघ पुलमा समायोजन भएका चिकित्सकरस्वास्थ्यकर्मीहरूलाई प्रदेश, स्थानीय तहहरू र मातहतका निकायहरूमा आवश्यकता अनुसार कामकाजमा खटाउन अनुरोध गरिएको छ ।

mantralaya-nirdeshan
प्रकाशित :२०८० असार २५, सोमबार १८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry