सहसचिव र उपसचिव गरी गृहका २२ कर्मचारीको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले ९ सहसचिव र १३ जना उपसचिव गरी २२ जना कर्मचारीहरुको सरुवा गरेको छ । जसमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु समेत हेरफेरमा परेका छन् ।सरुवाको सूची अनुसार आठ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु हेरफेरमा परेका छन् । जसमा फष्ट क्लास अफिसर खटाइने जिल्ला धादिङ,ललितपुर,कास्की,अछाम,अर्घाखाँची,गुल्मी र सेकेण्ड क्लासका अफिसर खटाइएका जिल्लामा रुकुम पूर्व र तेह्रथुमका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन भएका छन् ।
सरुवाको सूची अनुसार, ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी जयनारायण अचार्यलाई गृहमा तानिएको छ भने ललितपुर जिल्लाको कमाण्डरका रुपमा रुद्र प्रसाद पण्डितलाई खटाइएको छ । पण्डित पञ्जिकरण विभागका महानिर्देशकका रुपमा कार्यरत थिए । पण्डितको ठाउँमा झक्क प्रसाद आचार्यलाई पठाइएको छ ।

Advertisement 1


यस्तै सहसचिव बद्रि नाथ पाण्डेलाई जिल्ला प्रशासन कार्यालय धादिङको प्रजिअ, केही महिनादेखि बरण्डामा राखिएका वासुदेव घिमिरेलाई जिल्ला प्रशासन कार्यालय कास्कीको प्रजिअ बनाएर खटाइएको छ भने हालैमात्र गृहमा भित्रिएका शिवराम न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय अछामको प्रजिअका रुपमा खटाइएको छ । यस्तै कमल राज ढकाललाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र टेकबहादुर केसीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रजिअ बनाई पठाइएको छ ।

Advertisement 2

गुल्मीको प्रमुख जिल्ला अधिकारी मिना अर्याललाई अध्यागमन कार्यालय गौतमबुद्ध विमानस्थल भैरहवामा पठाइएको छ ।

 

प्रकाशित :२०८० जेष्ठ ३, बुधबार १२:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry