अब मालपोत कार्यालयमा पनि टाइम कार्ड
मालपोत कार्यालयहरुको सेवालाई सेवाग्राहीमैत्री पारदर्शी र गुनासोमुक्त बनाउने उद्देश्यका साथ मालपोत कार्यालयहरुमा टाइमकार्ड लागू हुने भएको छ ।
Advertisement 1
मालपोत कार्यालयवाट सम्पादन हुने सवै प्रकारका सेवाहरु दुई घण्टाभित्रमा सम्पन्न हुनु पर्ने व्यवस्था मिलाउन लागिएको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सचिव डा. दामोदर रेग्मीले मालपोत कार्यालय विराटनगर र बेलवारीको अनुगमन गर्ने क्रममा सो कुरा बताएका हुन् ।
सो क्रममा उनले सेवाग्राहीहरु र लेखापढी व्यावसायीहरुसंग पनि ती कार्यालयहरुको कार्य सम्पादनको अवस्था बारे समेत जानकारी लिएका थिए । कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन मालपोत कार्यालय, नापी कार्यालय, स्थानीय तह, बडा कार्यालय, लेखापढी व्यावसायीहरुले अन्तरसम्बन्धित काममा समन्वय गरि सेवाग्राहीहरुको काममा संवेदनशील बन्न समेत उनले अनुरोध गरेका छन् ।
उनले लेखापढी व्यावसायीहरुले लिने सेवाशुल्कलाई पारदर्शी बनाउन र लागत भन्दा बढी सेवाशुल्क नलिन लेखापढी व्यावसायीहरुलाई अनुरोध गरेका छन् । कार्यालयमा टोकन प्रणालीको प्रयोग, सेवाग्राही प्रतीक्षालयको व्यवस्था, सेवाग्राहीलाई पिउने पानीको व्यवस्था, प्रतीक्षालयमा टि भि को व्यवस्था, स्तनपान कक्षको व्यवस्था, हेल्प डेस्कको व्यवस्था, सवैले देख्ने र बुझ्ने गरि दुई घण्टा भित्र काम सम्पन्न हुने गरि यी सवै प्रावधानहरुलाई नागरिक बडापत्रको व्यवस्था मिलाउन समेत उनले आग्रह गरेका छन् ।
Advertisement 2
बेलवारीका प्रमुख मालपोत अधिकृत भानुभक्त न्यौपाने र विराटनगरका प्रमुख मालपोत अधिकृत दिपक कोइरालाले यी मध्ये धेरै काम कार्यालयहरुवाट भैरहेको र छिटै दुवै कार्यालयहरुमा टाइमकार्ड अनुरुप सेवा प्रवाह गरिने वताए ।
उनीहरुले सचिवज्यूले प्रयोगमा ल्याउनु भएको मासिक रुपमा संचालन हुदै आएको सचिव संग कार्यालय प्रमुख अन्तरक्रिया कार्यक्रमले दैनिक कार्य सम्पादनमा सहजता आएको र सवै कार्यालयहरुवीच सूचना प्रवाह र समन्वयमा प्रभावकारिता आएको वताए ।