नेपाली सेना:- विगत, वर्तमान र भविष्य
– डा. अश्वस्थामा भक्त खरेल
Advertisement 1
हरतरहले खारिएको नेपाली सेना संसारमै प्रख्यात रहेको छ । नेपाल एकीकरण हुनुअघिसम्म यो गोर्खाली सेनाको रूपमा रहेको थियो। नेपाली सेनाको अनुशासन, धैर्यता, रणकौशलता र वीरता देखेर सिङ्गो विश्वले सधैँ प्रशंसा गरेको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा विश्वमा शान्ति कायम गर्ने क्रममा नेपाली सेना सदैब अब्बल घोषित हुँदै आएको देखिन्छ । जाई कटक नगर्ने, झिकी कटक गर्ने यस्को नीति रहेको घामजत्तिकै छर्लङ्ग छ । यही नीतिले छिमेकीको दुई महानशक्तिलाई युद्धमा पराजित गरेर आङ्खनो सार्वभौम जोगाएको थियो। बन्दुक र तोपको युगमा पनि खुकुरीको भरमा युद्ध कब्जा गर्न सक्ने ताकत नेपाली सेनामा थियो। पहिलो र दोस्रो विश्वयुद्धमा नेपाली सेनाले निर्वाह गरेको वीरतामाथि मुक्तकण्ठले प्रशंसा हुने गरेको छ । शरणमा आउनेलाई मरण नगर्ने र कसैलाई धोका नदिने उत्कृष्ट उदाहरण संसारमै ख्याित रहेको छ । वेदमा जसरी कुनै जातजाति, वर्ग, समुदाय, धर्म सम्प्रदायमा भेद गरिएको छैन, ठिक त्यसैगरी नेपाली सेनाले स्थापनाकालदेखि नै पल्टनभित्र कुनै प्रकारको विभेदपूर्ण व्यवहार
गरेको देखिँदैन । राज्यका अन्य सार्वजनिक निकायहरूमा समावेशी र आरक्षण नीति आउनुअघि नै नेपाली सेनाले यसको अभ्यास गरिसकेकोले पनि दूरदर्शी राष्ट्रिय शक्तिको रूपमा रहेको देखिन्छ । राष्ट्रिय एकताको बलियो उदाहरणको रूपमा रहेको नेपाली सेनाको आत्मबलको परिणामस्वरूप नेपाल कुनै पनि विदेशी शक्तिको बुटमुनि कहिल्यै पर्नु परेको छैन । प्रस्तुत अनुसन्धनात्मक लेखमा राष्ट्रनिर्माणमा नेपाली सेनाको योगदानबारे चर्चा गरिएको छ । अध्ययन द्वितीय तथ्याङ्क सङ्कलन विधिमा आधारित छ ।
जस अन्तर्गत पूर्व प्रकाशित सान्दर्भिक कृतिहरूको समीक्षा गरिएको छ । प्राप्त तथ्य र तथ्याङ्कका आधारमा समस्या पहिचान गरी चुनौती र समस्या पहिल्याई वर्णनात्मक र विश्लेषणात्मक रूपमा प्रस्तुत लेख तयार गरिएको छ । शब्दकुञ्जीः वीरता, दिव्योपदेश, एकीकरण, देशभक्ति, विश्वशान्ति ।
पृष्ठभूमि
गोर्खा मूलजातिको मूलस्थली हो। गोर्खाका राजा पृथ्वीनारायण शाहका नायकत्वमा वीर गोर्खा जातिका १२ हजार सेनाहरूका दलमुखित्वमा तीनै शहर नेपाल गोर्खामा सम्मिलित भएपछि नेपाली पनि गोर्खाली भएर चारै दिशामा दिग्विजय गरेका इतिहासका सुनौला पाना मेटिएका छैनन्। वि.सं. १८७२ को सुगौली सन्धि प्रस्तावित मात्र थियो। यसमा राजाको लालमोहर र हस्ताक्षर पनि छैन (नरहरिनाथ, वि।सं। २०४९ः २४४) । सन्धि सम्बन्धमा कुराकानी चलाउन पठाइएका गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले हिमाली विशाल नेपाल राज्य मेची महाकालीभित्र भूपरिवेष्टितमा सीमित गरिएको थियो। तत्कालीन अङ्ग्रेज सरकारको चालबाजीले नेपाल जितेर पनि पछि हट्नुपरेको थियो। १५ अगस्त १९४७ को मध्यराति दिल्लीस्थित लालकिल्लामा अङ्ग्रेज नेहरूलाई इण्डिया सुम्पेर जाने बेलामा जसरी पाकिस्तान जन्मियो, त्यसैगरी सुगौली सन्धि अघिको विशाल गोर्खाबाट विशाल नेपाल निर्माण गर्न सकिन्थ्यो तर त्यसतर्फ सोचविचार हुन सकेन । गोर्खाली नेपाली सेनाका अनगिन्ती साहस र वीरता देखेर नेपालको कोतपर्व वि.सं १९०३ पछि राणा शासकहरूलाई इष्ट इण्डिया कम्पनीले प्रभावमा पारेको थियो। भारतमा राज गरेको कम्पनी सरकारले नेपाली युवाहरूको निम्ति छुट्टै पल्टन खडा गरेको थियो। अङ्ग्रेजले भारत छोडेपछि त्यो गोर्खा पल्टन कोही बेलायत पुग्यो भने कोही भारतको भागबण्डामा परे। बेलायतकी महारानी र भारतका प्रधानमन्त्रीको सुरक्षामा गोर्खाली सेना सामेल छ । गोर्खाली सेना भिण्डरवाले हुन सक्दैनन्। गुन वा लोभलालची सेवा होइन, नूनको सेवा गर्ने गोर्खाली सेनाको विशेषता नै मान्नुपर्छ । नेपाली सेना गोर्खा राज्य स्थापना भएसँगै संगठित भएको थियो। त्यसबेला पहिलो सेनापति भगिरथ पन्त थिए । वि.सं. १८१९ फागुन १० गते गोरखा गणका रूपमा सैनिक ब्यारेक स्थापना भएको थियो। काठमाडौं विजयसँगै गोर्खाली सैनिक फौजलाई शाही नेपाली सेनाको रूपमा चिनिन थालिएको हो (अनलाईन खबर, वि.सं. २०७१) । नेपालको संविधान २०७२ ले नेपाली सेनाको परमाधिपतिका रूपमा राष्ट्रपतिलाई मानेको छ । राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने र यसैको सिफारिसमा राष्ट्रपतिबाट सेना परिचालन हुने संवैधानिक व्यवस्था छ । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाको लागि नेपाली सेनाको स्थापना भएको हो (सैनिक ऐन, २०६३ ः दफा ४(१) । नेपाली सेनाको संगठन समावेशी र राष्ट्रिय स्वरूपको रहेको छ । यसको संगठनात्मक संरचना तथा दरबन्दी सङ्ख्या नेपाल सरकारले स्वीकृत गरे बमोजिम हुनेछ (सैनिक ऐन, २०६३ ः दफा ७) । नेपाली सेनामा साधारण, प्राड, प्राविधिक, हवाई र विविध सेवा रहेको र पदहरूको वर्गीकरण गरिएको छ । जस अनुसार अधिकृततर्फ– महारथी, रथी, उपरथी, सहायक रथी, महासेनानी, प्रमुख सेनानी, सेनानी, सह सेनानी, उप सेनानी र सहायक सेनानी, पदिकतर्फ– प्रमुख सुवेदार, सुवेदार र जमदार, विल्लादारतर्फ– हुद्दा, अमल्दार र प्यूठ, तथा अन्य दर्जातर्फ– सिपाही र फलोअर्स रहेका छन् (सैनिक नियमावली, वि।सं। २०६९ ः दफा ३) । महारथीको दरबन्दी एकमात्र रहनेछ र सोही महारथी मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट प्रधान सेनापतिमा नियुक्त हुने व्यवस्था छ (सैनिक ऐन, २०६३ः दफा ८) ।
Advertisement 2
साहसी र हिम्मतिलो सेना
एकीकरण हुनुअघि नेपालका सबै स–साना बाइसे, चौबिसे, सेनबंशी र काठमाडौं उपत्यका एवं बनेपा समेतका राज्यमा पनि सेना थिए । तिनीहरू गोर्खाली सेनाजस्तो संगठित र अनुशासित नहुँदा पराजय भोग्नुपरेको थियो। गोर्खाली नेपाली सेनाको जन्म शाहवंशीय इतिहासमा द्रव्य शाहको समयदेखि शुरु भएको पाइन्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शासनकालमा आइपुग्दा सिन्धुलीगढीमा अङ्ग्रेज फौजलाई पराजय गरेर नेपाल एकीकरण गर्न तत्कालीन गोर्खाली सेना सफल भएको थियो। अङ्ग्रेज जस्तै चीनियाँ सेनाको ठूलो फौज नेपाल छिरेर नुवाकोटको बेत्रावतीसम्म आइपुगेको थियो। वीर गोर्खाली नेपाली सेनाको रणकौशल सहितको वीरताले चीनियाँ फौजको ठूलो नोक्सानी भयो। नेपाललाई जोगाउन गोर्खाली सेनाको योगदान अतुलनीय रहेको छ । “रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, लत्रेन यो कहिल्यै जङ्गी निशान हाम्रो” नेपाली सेनाको आदर्श गानले पनि देशभक्तिको मनोबल उच्चो पारेको छ । साथै यो वैदिक सेनाको विकसित रूप हो। नेपाली सेनाले भगवान शिवजीको प्रतीकको रूपमा चिनिएको त्रिशूल सहितको डमरुलाई आङ्खनो निशान बनाएको छ । शिर, छाती र पाखुरीमा सबै तहका सेनाले त्रिशूल अङ्कित नशान धारण गर्दछन्। देवाधिदेव महादेव शिवजीका अनेक गण र पल्टनहरू थिए । शिव महापुराणमा विस्तृत ब्याख्या पाइन्छ । त्यसबेला मातृशक्तिहरूको पनि अलग्गै पल्टन थियो भन्ने जान्न सकिन्छ । शिव सेनामा कार्तिकेयकी पत्नीको नाम देवसेना राखिएको थियो। उनी पल्टनमा उच्चनायक थिइन्। यसले महिला पल्टनको नेतृत्व थियो भन्ने देखिन्छ (पाण्डेय, वि.सं. २०५७ ः १४४७० ।
देवसेनाको नेतृत्वमा तीनसय हात्ती, एघारसय रथी, दश हजार घोडचढी र एकलाख पैदल सिपाहीको जत्था थियो (गर्ग संहिता, ७÷३४) । ॐ गणानान्त्वा गणपतिम् हवामेह (शुक्ल यजुर्वेद, अध्याय ३÷१९) मन्त्रले विविध भूतलोकादि देवगणहरूका अर्थात् गणका मालिकलाई श्रद्धापूर्वक हृदयमा स्मरण गर्दछौं भनेर रुद्राऽष्ठाध्यायी पाठ गर्ने गरिन्छ । ॐ नमो गणेभ्यो गणपतिध्यश्च वो नमोनमः –शुक्ल यजुर्वेद, अध्याय १६÷२५) मन्त्रले सेवकहरूलाई अन्न प्रदान गर्दछौं र सेवकहरूका रक्षकलाई अन्न दिन्छौं भनेर जनतालाई राष्ट्र रक्षकहरूका निम्ति सहयोगी भावनाले ओतप्रोत गरेको छ । समस्त नागरिक र कृषहरूलाई कर्तव्य सिकाएको छ । यस्ता कर्तव्यहरूबाट विमुख हुनेहरूले विवेक प्रयोग गर्न सक्दैनन्। अन्ततोगत्वा राष्ट्रभक्ति भन्ने नै रहँदैन । सेनाले सबै प्रकारका आसुरी प्रवृत्ति नाश गर्न सक्ने हिम्मत राखेको हुन्छ । मुगलकालमा नेपाल हान्न आएका मुगलहरूको फौज जनताको नेलको प्रहारले सखाप भएका थिए । त्यसपछि उनीहरूले नेपालतिर आँखा लगाएनन्। शत्रु (दुश्मन) लाई आउन दिने तर फर्किएर जान नदिने नेपाली सेनाको वैदिक परम्परा हो। नेपाली सेनाले भगवान श्रीकृष्णले जस्तै राष्ट्रिय एकता र गौरवको गाथाको गुड्डी हाँकिरहेको छ । कृष्णले पाँच पाण्डवको पक्षमा ढल्केर जसरी सय भाइ कौरवको नाश गरी इतिहास पुराण रचना गराए, ठिक त्यसैगरी नेपाली गोर्खाली सेनाले पनि कुनै साम्राज्यवादको अगाडि घुँडा टेकेर उनीहरूलाई परास्त गरेको छ । तसर्थ नेपाली सेनाको गौरवशाली इतिहास अगाडि मै हुँ भन्ने शक्तिशाली फौजहरू पनि पछाडि हट्ने गर्दछ । गोर्खाका राजा द्रव्य शाहका पालादेखि नै सैन्य जमातको शुरुवात भएको थियो। पृथ्वीनारायण शाहको पालामा आइपुग्दा संगठित जत्था (संस्था) को रूपमा देखा प¥यो। नेपाली सेना दक्षिण एशियाकै पुरानो संगठित सेना हो।
यही संगठित सेनाले नेपाल एकीकरण मात्र गरेन, टिष्टा, कांगडा, गंगाको तटसम्म नेपाल विस्तार गरेको थियो। तिब्बत पनि कब्जा गर्न सफल भएको थियो। पृथ्वीनारायणको शासनदेखि हालसम्म आइपुग्दा नेपालमा ५३ जना सेनापतिहरूले जिम्मेवारी लिइसकेका छन्। नेपाली गोर्खाली सेना जन्मकालदेखि नै महादेवको गण हो। महादेवको गण हुनाले हरेक शिवरात्रिका दिन सेनाले आङ्खनो वार्षिकोत्सव मनाउने गरेको छ । नमोहिरण्य वाहवे सेनाञ्च दिशाञ्च पतये मनोनमः (शुक्ल यजुर्वेद, अध्याय १६(१७) भनेर सेना
प्रमुख (महादेव) लाई नमस्कार गरिएको छ । ॐ नमोगणेब्भ्यो गणपतिभ्यश्चवो नमोनमः (शुक्ल यजुर्वेद, अध्याय १६(२५) भनेर गणअधिपतिहरू र महादेव शिवजीलाई नमस्कार गरिएको छ । नमः सेनाब्भ्य सेनापतिब्भ्यश्चवो नमोनमः (शुक्ल यजुर्वेद, अध्याय १६(२६) भनेर लगाइएको काम दिलोज्यानले पूरा गर्ने समूह सेना तिन्का सञ्चालक महादेवलाई नमस्कार भनिएको छ । नेपाली सेना वैदिक सेना हो। यो इतिहास, पुराण र जनजनमा छ । विवाहमा खाँडो जगाउने चलन अहिले विस्तारै लोप हुँदै गैरहेको छ । खाँडो जगाउँदा दापबाट खुकुरी झिक्ने गरिन्छ । खाँडो जगाउँदा सेनाको पराक्रम र परमाधिपतिहरूको पनि बखान गरिन्छ (दुर्गा साहित्य भण्डार, सन् १९९९) । सेनाको इतिहासमा खाँडो पनि ज्यूँदो इतिहास हो। नेपाली सेना राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता तथा भौगोलिक अखण्डताको संरक्षण तथा राष्ट्र र राष्ट्रवासीको सेवामा सदा समर्पित संस्थाको रूपमा रहेको छ । नेपाली सेनाले मुख्यतः नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्दछ (नेपालको संविधान, वि.सं. २०७२ ः धारा २६७) । युद्ध बाहेकको अवस्थामा नेपाली सेनाले सम्पादन गर्नुपर्ने थप १४ वटा सहायक जिम्मेवारीहरू रहेका छन्। स्थानीय प्रशासनलाई आन्तरिक सुरक्षा कायम गर्न सहयोग गर्ने, हिंसात्मक, विध्वंसात्मक तथा आतङ्कवादी कार्यहरू भएमा निस्तेज गर्ने, गैर कानुनी सशस्त्र गतिविधि निस्तेज गर्ने, आवश्यकता अनुसार महŒवपूर्ण र संवेदनशील स्थानहरूको सुरक्षा गर्ने, प्राकृतिक तथा मानव सिर्जित विपद्मा उद्धार कार्य गर्ने, विकास निर्माणका कार्यहरूमा सहयोग पु¥याउने र जनता, सरकार र सेनाबीचको सम्बन्धलाई सुमधुर तथा सुदृढ बनाउने र सुरक्षा चेतना अभिवृद्धिमा योगदान गर्ने कार्य सेनाले गर्दछ । यसैगरी राष्ट्रिय सम्पदाको संरक्षणमा आवश्यक सहयोग गर्ने, सुरक्षा निकायहरूले प्रयोगमा ल्याउने सामग्रीहरूको उत्पादनमा आत्मनिर्भरता बढाउने, सीमा क्षेत्र नजिक निर्माण हुने आयोजना एवं विदेशी सहयोगमा निर्माण हुने सामरिक संरचनाको नियमित सुपरीवेक्षण गर्ने, विश्व शान्ति स्थापना कार्यमा योगदान पु¥याउने, नेपालस्थित विदेशी सैनिक सहचारीहरूले गर्ने सैनिक महŒवका गतिविधि एवं अन्तरक्रियाहरूको समन्वय रक्षा मन्त्रालयमार्फत् गर्ने, मित्रराष्ट्रका सेनाहरूसँग सैनिक सम्बन्ध विकसित गर्न सहयोग पु¥याउने र नेपाल सरकारले तोकेका अन्य कार्यहरू समेत सेनाको जिम्मेवारीभित्र पर्दछ (राष्ट्रिय सुरक्षा नीति, वि.सं. २०७३ ः दफा ३(३) । तोकिएको काम र कर्तव्यलाई प्रभावकारी रूपमा सम्पादन गर्न वार्षिक तालिम योजनाअनुसार निरन्तर तालिम तथा अभ्यासहरूबाट पेशागत दक्षता अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिँदै आइरहेको सेनाले नेपाल राज्यभर तथा शान्ति स्थापना कार्यको लागि विदेशमा समेत तैनाथ रहेका विभिन्न युनिटहरूबाट राष्ट्रिय विकास निर्माण, वन्यजन्तु तथा वन सम्पदाको संरक्षण, पर्यावरण संरक्षण, राष्ट्रपति चुरे संरक्षण अभियानलाई निरन्तरता दिँदै संरक्षण, विपद् व्यवस्थापन, शान्ति स्थापना, जनहितका कार्यहरू गरेको देखिन्छ । विगत र वर्तमान लमजुङका राजा याशेब्रम्ह शाहका जेठा छोरा नरहरि शाह लमजुङका राजा भए भने उनका माइला भाइ द्रव्य शाह तत्कालिन कृषि फर्मका अधिपति थिए । दुघ, घ्यू खाएर हृष्टपुष्ट हुनाले प्रत्येक वर्ष आयोजना हुने लिगलिगे दौडमा भाग लिँदा प्रथम भए । दौडमा प्रथम हुने व्यक्ति राजा हुने हुनाले द्रव्य शाह राजा भए । राजा भएलगत्तै गोर्खा समेत जितेपछि वि.सं. १६१६ असोज २५ मा राज्याभिषेक भयो। द्रव्यपछि पुरन्दर, छत्रपति, राम, दलमर्दन, कृष्णजंग, रुद्रजंग, पृथिवी, वीरभद्र, नरभूपाल हुँदै पृथ्वीनारायण शाह गोर्खा नरेश भए । यसपछि बल्ल नेपाल एकीकरणको थालनी भएको हो। गोर्खा बिस्तार गरेकाले पृथ्वीनारायणलाई बडामहाराजा र राष्ट्रनिर्माता भनियो। लमजुङका राजकुमार द्रव्य शाह लिगलिगकोटको राजा भएपछि भगीरथ पन्तलाई सेनापतिको जिम्मेवारी दिएका थिए । यो अहिलेको नेपाली सेनाको आधार हो। यस हिसाबले पहिलो सेनापति भगीरथ पन्तलाई मानिएको छ (बस्न्यात, वि.सं. २०७३) । गोर्खाली सेनाको नामले परिचित सेना राणा प्रधानमन्त्री चन्द्र शम्शेरले नेपाली सेना, राजा महेन्द्रले शाही सेना, राजा वीरेन्द्रले शाही नेपाली सेना र प्रतिनिधिसभा घोषणापछि नेपाली सेनामा रूपान्तरण गरिएको छ । नुवाकोट कान्तिपुर राज्य अन्तर्गत थियो। नुवाकोट कब्जा गरेपछि मात्रै नेपाल जित्न सहज हुने हुनाले पृथ्वीनारायणले पटक–पटक नुवाकोटमाथि आक्रमण गरेका थिए । अक्रमणकै क्रममा नुवाकोटको बेसी खण्डमा रातको खाना खान धोतीपाटा फेरेर निशस्त्र भएर बसिरहेका बेला लुकेर बसेका कान्तिपुरका सैनिकहरूले एकसाथ आक्रमण गर्दा नाङ्गै भुतुङ्गै भाग्न बाध्य हुनुपरेको थियो। यो अकल्पनीय पराजयपछि पृथ्वीनारायणले सैनिक ड्युटीमा रहनेहरूले लुगा र जुत्ता लगाएर खाएपनि जात च्यूत नहुने इस्तिफा जारी गरे। यसले सेनाको मनोबल जागृत गरायो। यही मनोबल जागृत भएर वि.सं. १८०१ असोज १५ गते नुवाकोट विजय गरेपछि क्रमशः मकवानपुर, कीर्तिपुर, कान्तिपुर, पाटन, भादगाउँ, चौदण्डी र विजयपुरसम्मका राज्यहरू जित्न सफल भएको थियो। गोर्खाका राजा पृथ्वीनारायण आङ्खनो ससुराली मकवानपुर पुग्दा त्यहाँका द्वारपाले र राजाका अङ्गरक्षकहरूले जुत्ता नखोली बुट बजारेर सलाम गरेपछि आङ्खनो अपमान सम्झी त्यसो गर्ने सेनालाई तरबारले ठुन्काई दिए । यसमा जुवाइँ जेठानको विवाद भयो। दुलही नलिइकन फर्किएका पृथ्वीनारायणले गोरखा आएपछि दोस्रो विवाह गरे। वि.सं. १८३१ मा नुवाकोटको देवीघाटमा रात्रिकालीन समयमा सेनाहरूलाई दिव्योपदेश दिँदै गर्दा पृथ्वीनारायणको निधन भयो। यसपछि सिंहप्रताप, रणबहादुर, गीर्वाणयुद्ध, राजेन्द्र, सुरेन्द्र, त्रैलोक्य –युवराज हु“दै निधन०, पृथ्वी, त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्र राजा भए । २०६२÷६३ को दोस्रो जनआन्दोलनले प्रतिनिधिसभा पुनस्र्थापना भएपछि राजाका अधिकारहरू व्यापक रूपमा कटौती गर्ने कार्य भयो। पहिलो संविधानसभाको पहिलो बैठकको निर्णयबाट राजतन्त्र अन्त्य भएको छ । रानी राजेन्द्रलक्ष्मी र बहादुर शाहको नेतृत्वमा एकीकरण अभियानले निरन्तरता पाएको थियो। युद्धमा होमिनुको मुख्य कारण गोर्खाली सेनाहरूकै आँट, जोश, जाँगर र रणकौशल नै थियो। जसका कारण पूर्वमा टिष्टा, पश्चिममा काँगडा र दक्षिणमा गंगाको तटसम्म गोर्खाली नेपाली सेनाले विशाल नेपाल बनाउन सफल भएको थियो। यो अभियानलाई भाँजो हाल्न पटक पटक असफल प्रयत्नहरू पनि भए । एकीकरण अभियानका दौरान भएका प्रमुख युद्धहरू मध्ये वि.सं. १८१९ सम्म गुरगिन खाँको नेतृत्वको बंगालका नबाब मीर कासिमको फौजसँग मकवानपुरगढी वरपर लडिएको युद्ध, वि.सं. १८२४ असोज १५ गते कप्तान किनलकको नेतृत्वमा आएको अङ्ग्रेज फौजसँग सिन्धुलीगढी वरपर लडिएको युद्ध तथा वि.सं. १८७१ पुष २२ मा मेजर जनरल जोन सुलिभान उड्को नेतृत्वको अङ्ग्रेज फौजीस“ग जितगढी वरिपरि लडिएका युद्धहरूले विशेष महŒव राख्दछन्। यी युद्धहरूमा विजयी हुन सकेको कारणले नै नेपाल पराधीन हुनबाट जोगियो र एकीकरण अभियान अगाडि बढ्न सक्यो ९नेपाली सेना, वि.सं. २०७६० । नेपालको सैनिक इतिहासमा सैनिक महŒवका दृष्टिले पृथ्वीनारायण र बहादुर शाहपछि प्रधानमन्त्री जनरल जंगबहादुर कुँवर राणाको ठूलो भूमिका छ । उनले फौजको नेतृत्व मात्रै गरेनन्, आफैं युद्धभूमिमा गएर भारतमा भएको सिपाही विद्रोह परास्त गरेका थिए । नेपालले तिब्बतसँगको पछिल्लो युद्ध पनि जितेको थियो ९बस्न्यात, वि.सं. २०७६० । नेपाल अङ्ग्रेज युद्धका बेला सुगौली सन्धिमा नेपाल खुम्चिदै गर्दा शूरवीरहरू अझै पनि लडाइँमा होमिनका लागि आदेश पर्खिएर बसेका थिए । सन्धिमा नजाने, बरु युद्ध जारी राख्ने राय प्रकट गरेका थिए । तर त्यसो भएन । टिष्टा–कांगडा र गंगाको तटसम्म किल्ला कायम गरेका गोर्खाली नेपाली सेनाले लोभ्रेकान लगाएर फकिनुप¥यो। नेपाल एकीकरण विस्तार अभियानको क्रममा नालापानी युद्धको वीरता विश्वमै कहलिएको छ । नेपाली सेनाले आङ्खनो जन्मकालदेखि नै सबै जातजातिलाई समान अवसर दिएर समेटेको छ । नेपाली सेनामा अछूतको भेद छैन । दलित र मुस्लिमहरू पनि सेनामा छन्। नेपालमा सरकारी सेवामा आरक्षण प्रणाली आउनुपूर्व नै सेना समावेश थियो। २०६२÷६३ को परिवर्तनपछि महिलाहरू पनि सेनाको अग्रपङ्तिमा आउन थालेका छन्। शिक्षाको कारण नै यस्तो जागृति फैलिएको हो। नेपाली सेना देशभक्त अनुशासित फौज हो। संसारकै साहसिक शूर वीर जमात हो। पहिले पुख्र्यौली शिक्षाले शूर वीर बनाएको थियो भने एक्काइसौं शताब्दीमा आधुनिक शिक्षा र नयँ“ प्रविधिको मिश्रणले सेनालाई अरू जब्बर बनाउँदै लगेको छ । नेपाली सेना गोली गठ्ठा तथा हातहतियार निर्माण गर्न सक्ने भएको छ । भोलिका दिनमा नयाँ नयाँ आविष्कारहरूका लागि पनि उनीहरू हकदार छन्।
Advertisement 3
बदलिँदो परिवेश र भविष्य
गोर्खाली नेपाली सेनाले वैदिक अनुशासनको अक्षरशः पालना गर्दै परिवर्तित आधुनिक युगमा प्रवेश गरेको छ । शुक्ल यजुर्वेदको शान्ति अध्यायको स्वस्तिः वाचनमा अग्निर्देवता, बात्तो देवता, सूर्यो देवता, चन्द्रमा देवता, रुद्रा देवता, बरुणो देवता इत्यादि मन्त्रले अग्नि, पृथिवी, सूर्य, चन्द्रमा, रुद्रा र जललाई देवता मानिएको छ । यी देवताहरूले वैदिककालदेखि नै आम जनता सरह सेनाले पनि मान्दै आएको छ । वीरहरूले नै पृथिवीरूपी बसुन्धराको भोग गर्दछन् (नरहरिनाथ, वि.सं. २०४९) । वीर गोर्खाली नेपाली सेनाले आधुनिक नेपालरूपी बसुन्धराको भोग गरिरहेका छन्। विजय पताका स्वरूपको रातो पृष्ठभूमिमा रहेको नेपाली सेनाको झण्डाको माथिल्लो भागमा चन्द्रमा र त्यस्को मुन्तिर सूर्य हु“दै किरिट सहितको जोर खुकुरी र अन्त्यमा गोरखकाली लक्ष्मी स्वरूप महाकालीको प्रतीक धानको बालाको पुतली रहेको छ । नेपाली सेनाले चन्द्र र सूर्यले जस्तै समान रूपले भयरहित न्यानो प्रकाश र सुरक्षा दिइरहेको छ । सेना दुई ठूला साम्राज्यवादी शक्तिहरूस“ग लडेर भिडेर मार खाएको र कसैको दासमा नभएको संसारकै बहादुर सेना हो। जसरी सारा संसारले चन्द्र र सूर्यको पूजन गर्दछन्, अस्तित्व ग्रहण गर्दछन्, त्यसैगरी नेपाली सेनालाई पनि संसारले स्वीकारेको छ । यो विश्राम नलिने श्वान निद्रामा ढल्कने चनाखो सेना हो। देशभक्ति सेनाको पहिलो धर्म हो। नेपाली सेनाले कोही कसैप्रति पूर्वाग्रह राखेर कार्य गरेको देखिँदैन । नेपाली सेनाले लखनऊ विजय गर्दा पनि त्यहाँ कुनै लुटपाट गरेन । लखनऊ जितेपछि नेपाली सेना त्यहाँ बाट जान राजी नभएपछि अङ्ग्रेज सरकारले बा“के, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गरेको थियो। नयाँ मुलुकको नाममा चिनिने यी चार जिल्ला नेपाली सेनाको साहसका कारण फिर्ता भएको थियो। नेपाली सेनाको काँधमा युद्ध गरेर राष्ट्र विस्तार गर्ने अभिभारा अहिलेको एक्काइसौं शताब्दीमा कतिपनि सम्भावना छैन ।
गतिशील समयस“गै सेनाको काम, कर्तव्य, दायित्व र भूमिका पनि बदलिएको छ । बन्दुक, बम, गोलामा खेलिरहने नेपाली सेना विश्वजगत प्रविधि र विकासले फड्को मारेसँगै कार्यप्रणालीमा फरक प्रकृतिको देखिएको छ । सेवामूलक, सामाजिक र विकासका गतिविधिहरूमा सेना संलग्न हुने गरेको छ । सीमा रक्षाबाट माथि उठेर सेनाको दायित्व शासन प्रणालीको सुरक्षा गर्नुमा पनि रहेको छ । धेरै पर जानै पर्दैन । आन्तरिक सशस्त्र द्वन्द्वको बेलामा होस् वा २०६२÷६३ को जनआन्दोलनमा होस्, नेपाली सेनालाई तत्कालीन शासन प्रणाली जोगाउन सुरक्षा मोर्चामा समेटिएको थियो। स्थानीय, प्रदेश र संघीय चुनावमा सेना नेपाली सेनाले खटाएअनुरूप सुरक्षार्थ तैनाथ हुने गरेको छ । राष्ट्रिय गौरवका आयोजनाहरूका साथै राष्ट्रिय संरचनाहरूको सुरक्षामा सेनाले निर्वाध सुरक्षा प्रदान गरेको छ । खासगरी हाइड्रोपावर, दूरसञ्चार, बैंक, राष्ट्रिय निकुञ्ज तथा आरक्ष क्षेत्र, गढीदरवारको सुरक्षामा नेपाली सेना अब्बल रहेको छ । उच्च पदस्थ व्यक्तिहरूको सुरक्षा नियन्त्रण पनि नेपाली सेनाले गर्ने गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीहरूको सुरक्षा कमाण्डमा सेना खटिने गरेको छ । राष्ट्रिय सीमा रक्षाको सवाल आउ“दा सेना सधैं संवेदनशील रूपमा चनाखो हुने गरेको छ । खासगरी शिक्षा, स्वास्थ्य र कल्याणकारी कार्यहरूमा नेपाली सेना पछिल्ला समयमा विभिन्न कार्यक्रमहरूका साथ अघि बढेको छ । बसी–बसी खाने नेपाली सेना सानो संख्यामा भएपनि पुग्छ भन्ने आलोचना पनि नभएको होइन । तर सेना भनेको राष्ट्रको बीमा हो। देशमा कुनै पनि बेला कुनै पनि प्रकारका आपत विपद् आइलाग्दा सबभन्दा अग्रणी मोर्चामा खटिने सेना नै हो। प्राकृतिक वा मानवीय विपत्तिहरू आइलाग्यो भने नेपाली सेना ब्यारेकभित्र चूप लागेर बसेको इतिहास छैन । वि.सं. २०७२ को विनाशकारी भूकम्पका समयमा पनि नेपाली सेनाले तत्काल आङ्खनो स्रोत साधनले भ्याएसम्म उद्धारकार्यमा लागेको थियो। त्यसबेला नेपाल सरकार वा सैनिक नेतृत्वको आदेश पनि कुरेको देखिँदैन । संयुक्त राष्ट्रसंघको आव्हानमा विश्व शान्ति मिसनमा भाग लिइरहेको सेना संसारमै सर्वोत्कृष्ट रूपमा कार्यसम्पादन गरिरहेको छ । नेपाली सेना कहीं कतै बाटो बिराउने हो कि भन्ने चिन्ता र चासो भैरहँदा यसले हानीभन्दा पनि फाइदा नै पुग्न जान्छ ।