पूर्वीय साहित्यमा देवकोटाको वृत्तचित्र
महाकवि लक्ष्मीप्रसाद देवकोटा यस्तो व्यक्तित्व हुन् जो तिहारको उज्यालोमा सधै सबैलाई सम्झाउँछन । सबै प्रकारका साहित्य अनुरागी उनीप्रति सचेत छन्। किनकि उनको अमूर्त बिम्ब र परिकल्पना आजसम्म अजेय छ। उनको कल्पनाको धरातल टेक्न प्रकृतिसँग सामीप्य हुनुपर्छ । उनि प्रकृतिवादी थिएनन् किनकि उनि प्राकृतिक स्वरुपमा रमाउँथे । ईश्वरलाई जीवनमा लेख्न खोज्दा उनी मानवतावादी देखिदै गए तर उनको मानवता प्रकृतिको कृपावादमा आधारित थिएन ।मानवता मर्दैन भन्ने उनको विश्वास यात्री कवितामा देखिन्छ ।
Advertisement 1
आफूसँगै र आफूभित्रको मानवता पुज्ने उनले प्रयास गरे। र यो उनको प्रयास मात्र थिएन। मानवता प्रतिको छटपटाहट उनको सबै कृतिमा तेतिकै देखिन्छ। उनले कहिल्यै कसिएर लेखेनन्। कनेर पनि लेखेनन। किनकि उनीभित्र दियो बलिसकेको थियो। लेख्नु भन्दा उनी महाकवि बाहिरबाट नै देखिन्थे। ।उनको जीवनको दृश्य नै कबिता, कथा ,काव्य थियो।
लेखेका विषयमा उनले सन्तुष्टि र असन्तुष्टि कहिल्यै खोज्ने प्रयास गरेनन। र उनले भन्ने गर्थे मुना मदन बाहेक मेरा सबै कृति जलाइदिए हुन्छ। यसको अर्थ मुना मदनको लोकप्रियता मात्र थिएन। उनको तेस्रो आँखाको मर्म बुझ्न सक्नेमा देवकोटालाई चिन्ता थियो। मुनामदनको सरलता र लोकप्रियतामा उनको चर्चा चुलियो तर यसभित्र पनि देवकोटा सन्तुष्ट थिएनन्। आज पनि त्यो स्तर सम्म हामी पुग्ने प्रयास गर्दैछौ।उनलाई थाहा थियो साहित्य सबै अपूर्ण हुन्छ। तृष्णा लेख्नेले भोक बुझेको हुँदैन। निराला र टेगोरको सँगम बन्ने प्रयास उनले पहिले गरेनन्। तर उनी यसको आलोचनाबाट मुक्त पनि भएनन्। क्रमशः देवकोटा नेपाली साहित्यको मियोबाट कहिल्यै उम्कन पाउने छैनन । किनकि उनको लेखनको छटपटी इतिहास र वर्तमानले आजसम्म बुझ्न सकेको छैन ।उनी पूर्वीय र पाश्चात्य लेखनका अभूतपूर्व सँगम हुन।
Advertisement 2
देवकोटा लेख्ने भन्दा बुझ्ने व्यक्तित्व बढी हुन। सायद उनको विषयमा यति धेरै लेखियो परिकल्पना र मिथकमा उनी चित्रित हुँदैछन् ।तर यथार्थमा देवकोटा साहित्य भन्दा पर जगतमा रमाउने व्यक्ति हुन् ।यो कुरा उनको पागल कवितामा देखिन्छन्। देवकोटा बुझ्न जीवन बुझ्नु पर्दैन यथार्थ बुझ्नुपर्छ एउटा सत्य छ जसको नजिक पुग्न देवकोटा सधैं छटपटाइरहे । घसिया कविताबाट होस् वा सुलोचनाको रमित रसबाट किन नहोस् उनी सत्यको छटपटीमा सधैं देखिन्छन।उनलाइ किट्ससँग तुलना गरिन्छ तर तर उनि किट्स बन्ने प्रयास कहिले गरेनन।
Advertisement 3
देवकोटालाई थाहा थियो किट्स, निराला, आफूभित्र छ। उनी उदाहरण र अनुकरण होइन संवेदनामा रमाउँथे। आज झण्डै आठ दशक पछि पनि देवकोटाले छोडेको साहित्य पनि सत्य सँग एकाकार हुन सकेको छैन। इजोरिया को सामाजिक यथार्थ र बुवा आमाको मनोवैज्ञानिक र सामाजिक सत्यलाई देवकोटा जीवनको बाटोको एउटा सानो अंश मात्र मान्छन्। त्योभन्दा पर एउटा अर्को सत्य छ जसलाई समालोचकहरू अतियथार्थवाद भन्नपनि रुचाउँछन्।
सेटानिज भर्सेज र लज्जाको अति यथार्थलाई समाज र राजनीतिले पचाएन। यसविषयमा देवकोटा सचेव थिए। उनी परम्परा र आधुनिक समाजको बिचको सेतु बन्न चाहन्थे। जुन कुरा पूर्वीय साहित्यको सबैभन्दा ठूलो कमजोरी हो। देवकोटा यो कमजोरी खातिर पनि नोबेल पुरस्कार पाप्त गर्न उत्साहित थिए ।तर स्विडेनको नोबेल पुरस्कार दिने दृष्टिहरु अतियथार्थवाद लाई मन पराउँछन भन्ने कुरा उनलाई केही पश्चिमाले नसम्एका होइनन्। अंग्रेजी भाषाभन्दा नाङ्गो साहित्य पश्चिमाहरुले मनपराउँछन् भन्ने कुरा उनलाई सम्झाएको भए सायद उनी अति अथार्थवादको अन्त्यमा नपुग्ने कवि थिएनन्।तर यो तत्कालीन राजनीति र समाजको एउटा अचुक बाधक थियो। जुन आज पनि त्यत्तिकै छ।
देवकोटाको अति सरल र राम्रो पक्ष , संस्कृति-परम्परा आधुनिकताको हवाला दिएर कहिले साहित्यमा उनले विरोध लेखेनन्। किनकि उनले साहित्यमा मानवताको खोजिरहे। साहित्यमा अनुराग , विराट, विरोध र अवरोध भन्दा बढी उनी स्वतन्त्र लेखक थिए। मृत्युको अघिल्लो दिन पनि उनिमा व्यापक छटपटी थियो।जुन छट्पटी टेगोर र टाल्सटायमा देखिदैन किन ? किनकि देवकोटालाई नेपाली राजनीति र समाजले अति यथार्थवादी बनाउन सकेन। सायद यो भएको भए देवकोटा अन्तिम अवस्थामा म सुन्यमा शून्य सरी बिलाएँ भन्ने अवस्थामा पुग्दैनथें । कमसेकम एउटा जीवनको मिठास लाई अभिव्यक्ति गरेकोमा उनी जीवनभरि रमाइरहे।तर पाश्चात्य साहित्यको अतिशय काल्पनिकता र अति यथार्थताको नजिक पुग्ने उनको प्रयास मृत्युको अघिल्लो दिनसम्म पनि अधुरै रह्यो ।जसलाई पूर्वीय दर्शनले धर्म र अध्यात्म सँग जोडेर उनको साहित्यिक उडान र मर्मलाई पशुपतिनाथको आर्यघाटमा देवत्वकरण गरिदियो ।जसलाई पछिका साहित्यिक सन्तानहरुले जस्ताको तस्तै अनुशरण गरे र शुन्यबादको अतिशयोक्ति व्याख्या गर्न अहिलेपनि सबै आतुर छन्।जुन देवकोटाको सुन्यबादमा आधारित छैन ।
उनको शून्यवाद सांसारिक होइन। उनी विराट स्वरूप र सन्सार भित्रको जीवनको खोजीमा छट्पटीमा अन्तिम सास फेर्दै थिए। तर यता हामी आर्यघाटको पवित्र स्थानलाई पूर्वीय दर्शन र स्वर्गीय आनन्दको मिलापमा धर्मको ब्याख्या गर्दै थियौं।त्जसलाई तोड्न आज पनि आलोचकहरुलाई हम्मेहम्मे परेको छ ।
नेपाली साहित्यले किन नोबेल पुरस्कार पाप्त गर्न सकेको छैन । संस्कृति, समाज, व्याक्तीको अनुराग, अभिष्ट, अनाचार, दुराचार, राजनीति र स्वार्थ भन्दामाथि नाङ्गो सत्यलाई शब्दले संयोजन गर्न अझै हामीले सकेका छैनौ। हामी अझै मृगतृष्णको लेखनमा रमाउँछौ। पश्चिमाहरूको अस्तित्ववादी दर्शनले शुन्यवादलाई अनुभूत गर्दैछ। तर नेपाली साहित्य अझै मृग तृप्त हुन नसकेको विषयमा विश्लेषण गर्दैछौ ।जबसम्म साहित्य, जीवन माथि उठेर जगत भन्दा पर मन र इच्छा भित्रको भावबाट साहित्य लेख्न सकिँदैन हामी देवकोटाको शुन्यवादलाइ धर्ममा राखेर व्याख्या गरिरहन्छौं ।जसले अन्तराष्ट्रिय साहित्यको शिखरसम्म नेपाली साहित्यलाई पुर्याउन बाधा बनाइरहन्छ ।जेहोस देवकोटा इतिहास, वर्तमान र भविष्यका अभीष्ट हुन ।उनी साहित्यकार, धरोहर अनुरागी, मात्र होइनन् ।जगत र शून्यमा जीवन पुज्ने अनुरागी पनि हुन्।
जय देवकोटा