सहसचिवलाई बैठकबाट निकालेर सचिवहरुसँग मुख्य सचिवको गोप्य मिटिङ,के भयो कुराकानी ?

मुख्य सचिव बैकुण्ठ अर्यालको आगमनसँगैं सरकारका सचिव र सचिवहरुसँग बैठक बस्यो अस्ति शुक्रवार । अर्थात असार पन्ध्र गते,दहि च्यूरा खाने दिन, विहान ९ बजे प्रधानमन्त्री कार्यालयको कोठा नं ४१३ मा भेला भएका थिए सरकारका सचिव र सहसचिवहरु ।
Advertisement 1
सो बैठकमा एउटा एजेण्डामा सवै सचिवहरु र प्रधानमन्त्री कार्यालयका सह सचिवलाइ समेत सहभागी गराइएको थियो । प्नधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले दोश्रो एजेण्डामा सचिव मात्र बस्ने जानकारी गराएपछि बैठकबाट सहसचिवहरु बाहिरिएका थिए । उक्त बैठकमा पहिलो एजेण्डा बजेट र सरकारको वार्षिक निति तथा कार्यक्रम बमोजिम वार्षिक कार्ययोजना र माइलस्टोन समयमै तयार गर्ने विषयमा केन्द्रित रह्यो ।
नव नियुक्त मुख्य सचिव डा बैकुण्ठ अर्यालले सवै मन्त्रालयले यथाशीघ्र वार्षिक कार्ययोजना र माइलस्टोन समयमै तयार गर्न निर्देशन दिए । यसपछि असार पन्ध्र भएकोले दहि चिउरा खाने कार्यक्रम भयो ।
Advertisement 2
दोश्रो एजेण्डाले प्रवेश पाउने भए पछि सहसचिवहरु बाहिरिए । प्रधानमन्त्री कार्यालयका सचिवहरु वाहेक अन्य सचिवहरुलाइ यो एजेण्डा थाहा थिएन । एजेण्डा रहेछ कसरी निजामती सेवालाइ प्रभावकारी वनाउने र निजामती सेवाको गिर्दो साखलाई गिर्न नदिने ।
कर्मचारीतन्त्रमा अनावश्यक रुपमा राजनीति हावी भएको केही कर्मचारी र केही आसेपासे सचिवहरु स्वयं नै आफ्नो सरुवाको लागि नेताहरुको दलालीमा लागेकोले कर्मचारीहरुको सरुवा अव्यवस्थित बनेको र लेनदेनको आधारमा मात्र सरुवा हुने गरेको सरुवामा नेता मन्त्री प्रधानमन्त्री र मन्त्रीका सचिवालयको अनाबश्यक दवाव हुने गरेको कुरा केही सचिवहरुले नवनियुक्त मुख्यसचिवका अगाडि खुलेरै कुरा राखे ।
स्रोतका अनुसार,सचिवलाइ अतिरिक्तमा राख्ने काममा पूर्व मुख्य सचिवले सहयोग गरेकोले मन्त्रीलाइ सचिव फेर्न सहयोग पुगेको र सवै मन्त्रालयहरुमा कर्मचारीलाइ बरण्डामा राखिदा प्रधानमन्त्री र मन्त्रीका सचिवालयले रकम असुलेर मात्र सरुवा गर्ने गरेको कुरा मुख्य सचिव बैकुण्ठ अर्यालका अगासड राखेका थिए,केही सचिवहरुले ।
Advertisement 3
सिंहदरवारमा दलालीहरुको वोलवाला बढेकोले दलालहरु स्थायी बनेका कर्मचारी अस्थायी बनेका र यसवाट केही मन्त्री र केही कर्मचारीले विकृति बढ्नमा सहयोग गरिरहेको बताए । निष्ठावान असल र क्षमतावान कर्मचारीहरुले हीनताबोध गर्ने स्थिति आएको उनीहरुले बताए ।
यो स्थिति आउनुमा तत्कालीन मुख्य सचिव चाकडीमा माहिर केही सचिव र केही कर्मचारी जिम्मेवार रहेको सचिवहरुले वताए ।
नयाँ मुख्य सचिवले निवर्तमान र केही पूर्व मुख्य सचिवले भित्र्याएको यो विकृति रोक्नु पर्ने र यसमा सवैको सहयोग प्राप्त हुने बताए । यो कुरा गरिरहदा चाकडिमा माहिर केही सचिवहरुको मुख हेर्न लायकको थियो ।