लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियान

पुरुषोत्तम सुवेदी
काठमाडौं। डेङ्गी संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने (’खोज र नष्ट गर’) अभियान सञ्चालन गरिएको छ । जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले विभिन्न स्थानहरूमा अभियान सञ्चालन गर्दै डेङ्गी नियन्त्रणका लागि समुदाय स्तरमा सक्रियता बढाएको हो ।

Advertisement 1

अभियानअन्तर्गत लामखुट्टेले अण्डा पार्न सक्ने र लार्भा हुर्कन सक्ने सम्भावित स्थानहरू—जस्तै फालिएका टायर, ग्यारेज, खुला भाँडाबर्तन तथा पानी जम्ने ठाउँहरूको खोजी गरी ती बासस्थान नष्ट गर्ने कार्य भइरहेको छ।

पाल्हीनन्दन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद गुप्ताका अनुसार बजार तथा ग्यारेजहरूमा पुगेर अनुगमन र निरीक्षण तीव्र पारिएको छ। “टायर, ट्युब वा पानी जम्ने अन्य ठाउँहरूमा जमेको पानी हटाई त्यसमा डिजेल तथा मट्टितेल राखी लार्भा नष्ट गर्ने र नागरिकहरूलाई घरपालुवा तथा वरपरको सरसफाइबारे जनचेतनामूलक जानकारी गराउने काम भइरहेको छ,“ उहाँले बताउनुभयो।

Advertisement 2

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसीले प्रशासनिक समन्वय र स्रोत–साधनको प्रभावकारी परिचालनमार्फत अभियानलाई निरन्तरता दिइने बताउनुभयो। “डेङ्गीको जोखिमबाट नागरिकलाई बचाउन गाउँपालिकाले कुनै कसर बाँकी राख्ने छैन, हामीले सबै वडा र स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कताका साथ परिचालन गरेका छौँ,“ उहाँले भन्नुभयो।

त्यसैगरी, गाउँपालिकाका लेखा शाखा प्रमुख सञ्जय शर्माले डेङ्गी नियन्त्रण तथा स्वास्थ्य सचेतना अभियानका लागि आवश्यक बजेट व्यवस्थापनमा कुनै कमी हुन नदिइएको बताउनुभयो। “स्वास्थ्य जस्तो संवेदनशील विषयमा बजेट अभाव हुन दिइएको छैन, आवश्यक औषधि, रसायन तथा जनचेतना कार्यक्रमका लागि तत्काल स्रोत परिचालन गरिएको छ,“ शर्माले भन्नुभयो।

Advertisement 3

गाउँपालिकाले आफ्नो घर, पसल र वरपर पानी जम्न नदिन तथा लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्थानीयवासीलाई अपिल गरेको छ। स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलका अनुसार जिल्लामा चालू आर्थिक वर्षमा हालसम्म ७८ जनामा डेङ्गी पोजिटिभ देखिएको छ ।

प्रकाशित :२०८३ आश्विन २६, सोमबार १२:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम