हाजिर गरेर ‘टाप’ कस्नेमा गृह र अर्थका कर्मचारी अधिक,सामान्यका पनि उही गति

दूरदराज होइन संघीय राजधानी सिंहदरबारकै कर्मचारीहरु हाजिर गरेर टाप ठोक्ने गरेको भेटिएको छ । राष्ट्रिय सर्तकता केन्द्रले गरेको एटा अनुगमनको क्रममा सिंहदरबारकै कर्मचारीहरु समय र कर्तव्य पालनामा जिम्मेवार नभएको पाइएको छ ।
Advertisement 1
राष्ट्रिय सर्तकता केन्द्रले सिंहदरबार छिर्ने दुईवटा गेट पूर्वी र दक्षिण गेटमा छड्के अनुगमन गर्दा एकै दिनमा १२५ कर्मचारी छड्केमा परेका हुन । केन्द्रका अनुसार गेटमा ३४ र दक्षिण गेटमा ९१ जना छड्केमा परेका हुन । जसमा गृह र अर्थका कर्मचारीहरु बढी रहेका छन् ।सबैभन्दा बढी गृह र अर्थका ११/११ कर्मचारीले ‘हाटा’गरेको स्रोतले जनाएको छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन र ऊर्जा तथा जनस्रोत मन्त्रालयका ९/९, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ७, युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका ६/६, कृषिका र मुद्रण विभागका चार–चार तथा पर्यटन मन्त्रालय, सञ्चार मन्त्रालय, श्रम मन्त्रालय,भूमि व्यवस्था,रेडियो नेपाल,राष्ट्रिय महिला आयोग,उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय का तीन–तीनजना कर्मचारी पनि कार्यालयको काम छाडेर बाहिरिएका भेटिएको हो ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका दुई,परराष्ट्र,राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग,राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका २ दुई जना कर्मचारी पनि हाजिर गरेर टाप ठोक्नेमा परेका छन् ।
सर्तकताका एक अधिकारीका अनुसार कतिपय कर्मचारी विहान १० बजे कार्यालय छिरेर हाजिर गरी १० मिनेटमै मन्त्रालय तथा कार्यालयबाट बाहिर निस्किएका अवस्थामा छड्केमा परेका छन् । कार्यालय समयमा व्यक्तिगत कामका लागि दौडिने कर्मचारीमाथि कारबाहीका लागि केन्द्रले लेखी पठाउने निर्णय गरेको छ ।
यसअघि अघिल्लो मंगलबार सामान्य प्रशासन मन्त्रालयले आन्तरिक छड्के गर्दा सो मन्त्रालयका १०३ कर्मचारी कार्यालय समयमा उपस्थित नभएको भेटिएपछि हाजिरीमा रातो लगाइएको थियो ।
Advertisement 2
क्यान्टिनबाटै काम तमाम
राज्यले कर्मचारीलाई खाजाको लागि छुट्ट्याएको समय हो, आधा घण्टा । तर सिंहदरबारभित्रका अक्सर कर्मचारी कार्यालयमा कम, क्यान्टिनमा बढी भेटिन्छन् । शहरीबाट सतर्कता केन्द्रमा पु¥याइएपछि सचिव सुरेश आचार्यको पहलमा गरिएको छड्के अनुगमनको क्रममा एकै दिन २१ कर्मचारी फन्दामा परेका हुन् । खाजा समय १ः३० देखि २ः ०० बजे छुट्ट्याइएको भए पनि अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि, युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृतदेखि उपसचिव तहका २१ कर्मचारी बाहिरै व्यस्त रहेको भेटिएपछि केन्द्रले ती कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको छ ।