को बन्दैछ भन्सार विभागको महानिर्देशक ?

भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको सरुवा भएको छ। उनलाई संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको हो।

Advertisement 1

अर्थमन्त्री परिवर्तन भएसँगै कर्मचारी हेरफेर प्रक्रिया शुरु भएको छ । अर्थमन्त्री डा प्रकाश शरण महतले आफू अनुकुलका टिम अर्थमा भित्राएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका भुपाल बराल र श्रम तथा रोजगार मन्त्रालयका रहेका उत्तरबहादुर खत्रीलाई अर्थ मन्त्रालयमा भित्राइएका छन् ।यस्तै वावुराम सुवेदी पनि अर्थ मन्त्रालयमा भित्रिएका छन् ।

अर्थ मन्त्रालयमा आउने नयाँ सहसचिवमा भुपाल बराल, उत्तरकुमार खत्री र बाबुराम सुवेदी छन्। भुपाल बरालले संस्थान महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन्। त्यस्तै खत्रीलाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने सुवेदीलाई भन्सार विभागको जिम्मेवारी दिने सम्भावना रहेको मन्त्रालयका एक अधिकारी बताउँछन्। बजेटपछि आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीको सरुवा नभए सुवेदी भन्सार विभागका महानिर्देशक बन्ने स्रोतले बताएको छ । त्यस्तै राजेश्वर ज्ञवाली पनि भन्सार विभाग ताकेर बसेका छन् ।

प्रकाशित :२०८० जेष्ठ २, मंगलवार १०:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry