योजना आयोगमा मरासिनी र उपराष्ट्रपति कार्यालयमा बस्नेत

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगमा तोयानाराण ज्ञवालीको स्थानमा सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ।

Advertisement 1

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उपराष्ट्रपति कार्यालयबाट आयोगमा सरुवा गरेको हो।

उपराष्ट्रपति कार्यालयमा मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतलाई ल्याइएको छ।

Advertisement 2

यसअघि आयोगका सचिव तोयानारण ज्ञवालीले राजीनामा दिएपछि आयोगमा सचिव पद रिक्त रहेको थियो।

प्रकाशित :२०८१ भाद्र २२, शनिबार ११:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry