तीन कर्मचारी निलम्बनमा परेपछि काठमाडौं महानगरपालिकामा तनाव,नगरसभा स्थगित

 

Advertisement 1

काठमाडौं महानगरपालिकाले तीन कर्मचारीलाई कारवाही गरेसँगै महानगरपालिकाको १४ औँ नगरसभा नै स्थगित हुन पुगेको छ । हालैमात्र महानगरका मेयर बालेन साहले कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा कीर्ते गरेको भन्दै तीन जना कर्मचारी निलम्बनमा गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा समेत ताला लगाइदिएका थिए ।

अनियमितता फेला परेपछि महानगरले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएको छ।निलम्बनमा परेका तीन कर्मचारीबारे छानविन गर्न महानगरको योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीको अध्यक्षतामा कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन शाखाका अधिकृत प्रवीण प्याकुरेल सदस्य रहेको समिति बनेको छ।

Advertisement 2

वालेनले आफ्ना सचिवालय प्रमुख नुरनीधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन गरेसँगै महानगरपालिकाको १४ औँ नगरसभा बैठक स्थगित भएको हो।

बैठक निर्धारित समयमा नहुने भएपछि २३ औँ कार्यपालिका बैठकले नगरसभाा छलफलका लागि लैजाने भनेको ‘जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९ को संशोधन प्रस्ताव’ अनिश्चित बनेको छ।

प्रकाशित :२०८० पुष २५, बुधबार १४:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry