सरकारी वेबसाइटहरू डाउन
सर्भरमा समस्या आएकाले केही समयदेखि नेपाल सरकारमातहत रहेका सबै वेबसाइटहरू खुलेका छैनन् ।
Advertisement 1
जीओभी डट कम डट एनपी डोमेन डाउन भएका हुन् । सबस्टेसन र ट्रान्सफर्मरमा समस्या हुँदा नेपाल सरकार मातहत सम्पूर्ण सर्भर डाउन भएका हुन् । सर्भर डाउन भएसँगै वेबसाइट नखुलेपछि अनलाइनबाट हुने अत्यावश्यकीय काम प्रभावित हुनुका साथै सेवाग्राहीहरुलाई सास्ती भएको छ ।
सर्भरमा समस्या हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रुसमेत अलपत्र परेका छन् । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन सकेको छैन ।
Advertisement 2
प्रकाशित :२०८० असार ६, बुधबार ०६:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%