कमाउ अड्डाबाट एकै पटक उपत्यकाबाहिर सरुवामा परे २४ अधिकृत (सूचीसहित)

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकै पटक २४ जना अधिकृतहरुको सरुवा गरेर काठमाडौं बाहिर पठाइ दिएका छन् । जसमध्ये १४ जना अधिकृत अध्यागमनबाट बाहिर पठाइएका छन् । त्यसमध्ये १० जना अधिकृत त्रिवि अध्यागमन,२ जना अध्यागमन कार्यालय,कालिकास्थान र दुई जना अधिकृत अध्यागमन कार्यालय भैरहवाका रहेका छन् । यस्तै गृह मन्त्रालय वा अन्तरगत रहेका ५ अधिकृतहरु पनि यो लटमा सरुवामा परेका छन् ।

Advertisement 1

यस अघि बालकृष्ण खाँण गृहमन्त्री र टेकनारायण पाण्डे सचिव हुँदा गृहको कर्मचारी प्रशासनसँग सेटिङ त्रिभुवन विमानस्थल, अध्यागमन विभाग, कारागार, राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागमा पुगेका अधिकृतहरुलाई काठामाडौं उपत्याका बाहिर खटाइएको हो ।

Advertisement 2

यसरी खटाइएकामध्ये अधिकांशको सरुवा काठमाडौं उपत्यका बाहिरको दुर्गम र तराई क्षेत्रका जिल्लामा पठाएको हो ।

प्रकाशित :२०८० असार १, शुक्रबार ११:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry