मेयर सा’बको कृषि मोह :- ट्याक्टर बितरणदेखि गोरु पाल्ने कृषकलाई अनुदानसम्म
अञ्जनकुमार
केही आफ्ना र केही पराईले जति आलोचना गरेपनि जनमनमा बस्न सफल बेसीशहर नगरपालिकाका मेयर गुमानसिह अर्याल र निर्वाचन एक अर्काका पर्याय जस्तै हुन । अर्याल जस्ता नेता सायदै होलान जो निर्वाचन हारेको होस् । वडा अध्यक्षको निर्वाचन होस् वा प्रधानपन्च, या गाबिस अध्यक्षदेखि बेसीशहर नगरपालिकाको दुईदुई पटक मेयर निर्वाचनमा अत्याधिक जनमतले बिजय बनेका अर्याल सादगी छन । बाङ्गोटिङ्गो जान्दैनन् र जुन प्रकारको निर्वाचन पनि उनका लागि घ्यू पिए सरि सहज रुपमा जित्दै आएका छन् । सायद अबको प्रदेश वा संघमा टिकट पाएको खण्डमा अर्यालको विकल्प नदेख्नेको जमात कम छैन । यिनै मेयर अर्याल अहिले गोरु अनुदान कार्यक्रमले झन चर्चामा छन ।
केही दिन अघि मात्रै नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ को आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा अहिले उर्जावान युवा शक्ति बिदेश पलायन बढ्दै गएको र परिणामस्वरुप खेतीयोग्य गाउँघरका जग्गा बाझै बस्ने अवस्था भएकोले अधिकाश कृषकहरुलाई हाते ट्याक्टर बितरण गरिएको थियो । यद्यपि अहिले उनै मेयरले मौलिक र परम्परागत खेती प्रणालीलाई सहजीकरण गर्ने हेतुले गोरु पाल्न चाहने कृषकलाई प्रोत्साहन स्वरुप १० हजार दिने निर्णय गरिएको जानकारी गराए ।
मेयर अर्यालले बजेटमा समेटिएका मुख्यमुख्य विषय प्रस्तुत गर्दै सिमित स्रोत साधनले गर्दा कयौ आवश्यकता सम्बोधन गर्न सकिएको छैन तर दिगो विकास र लक्ष्य प्राप्तिलाई नागरिक सर्वोत्तमहितमा नीति कार्यक्रम तथा रहेको दाबी छ ।
कति स्थानीय निकायमा भद्रगोल को स्थिति देखिएको छ । पूँजीगत भन्दा चालू खर्चले बिकासका योजना अलपत्र छन । तर बेसीशहर नगरपालिकाले पूर्वाधार र मानवीय विकासका लागि आव ०८/८१ को बजेट ७९ करोड ७२ लाख ६० हजार स्वीकृत गरेको छ । जसम भौतिक पूर्वाधारतर्फ २२ करोड ४६ लाख ९० हजार, आर्थिक विकासतर्फ ६ करोड ६१ लाख ३५ हजार, सामाजिक विकासतर्फ ३४ करोड६७ लाख ९३ हजार, वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ करोड १२ लाख ५२ हजार, सस्थागत र सुशासनमा १४ करोड, ८३ लाख ९० हजार बजेट विनियोजित गरेको छ ।
कृषिलाई उत्पादनमुखी व्यवसायिक वनाउन नयाँ प्रविधिमा जोड दिदै, कृषि उपज ढुवानी, बजारीकरण र व्यवस्थापन, प्राविधिक सहायता साथै इच्छुक किसानलाई हल गोरु किन्न नगदै सहयोग गर्ने भएको हो ।
यता, आन्तरिक तथा बाह्य पर्यटकका लागि होमस्ट्रे प्रर्वद्धन, कोसेली घर स्थापना तथा सञ्चालन गरिने जनाएको छ । नागरिकहरुको रकम जम्मा पारेर झ्वाम पार्न पल्केका सहकारी संस्थाहरुको नियमन, जेष्ठ नागरिक आपंगता लक्षित स्वास्थ्य सेवा कार्यक्रम, शैक्षिक सुधार कार्यक्रम, सडक निमार्ण तथा स्तरोन्नति, लागत साझेदारी कार्यक्रम साथै एकिकृत शहरी विकास योजना कार्यन्वयन गर्ने नगरपालिकाले लक्ष्य राखेको छ ।
भने, आव ०७९/०८० को बजेटले २४ लाख १५ हजारमा कृषि एम्बुलेन्स खरिद समेत गरेको छ । पालिका भित्र बाहिर कालोपत्रे, सिडियुक्त गोरेटो बाटो र प्रत्येक वडा कार्यालयबाट सदरमुकाम अर्थात् पालिका कार्यालय जोड्ने मोटर बाटो निर्माण गरिएको छ । तर पालिकाका केही बसाहा कर्मचारीका कारण मेयर साब परिसानमा परेको कर्मचारी कै गुनासो छ ।
प्रकाशित :२०८० श्रावण ११, बिहीबार ११:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%