प्रहरीका पाँच पूर्व हाकिम :- जस्लाई फापेन चुनाव
यस पटकको संघीय निर्वाचनमा प्रहरीका उच्च पदबाट अवकाश पाएका पाँच जना मैदानमा उत्रिएका थिए । जसमध्ये अधिकांश पराजित भएका छन् ।
Advertisement 1
यसपटकको चुनावी मैदानमा रमेश सिलवाल र सर्वेन्द्र खनाल नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका थिए भने रमेश खरेल राष्ट्रिय सुशासन पार्टीबाट चुनावी मैदानमा होमिएका थिए ।
यस्तै ठाकुरमोहन श्रेष्ठ,ध्रुवबहादुर बहादुर प्रधान राप्रपाबाट चुनावी मैदानमा थिए भने सशस्त्र प्रहरीका पूर्व एआइजी कृष्ण कुमार तमाग स्वतन्त्र रुपमा मैदानमा उत्रिएका थिए ।
Advertisement 2
प्रहरी महानिरीक्षक पदबाट अवकाश पाएका सर्वेन्द्र खनाल काठमाडौं ६ बाट निर्वाचन लडेका थिए । खनालले ८ हजार ९ सय ११ मत पाएर पराजीत बने । यस्तै पूर्व डीआईजी रमेश खरेल काठमाडौ क्षेत्र नम्बर १ बाट निर्वाचनमा उठेका थिए । खरेलले जम्मा ३१२४ मत मात्र पाएका थिए ।
यस्तै पूर्वडिआइजी नवराज सिलवाल ललितपुर एक बाट निर्वाचनमा होमिएका थिए । उनले १९ हजार २७८ मत पाएका थिए ।
Advertisement 3
यस्तै पूर्व आइजिपी ध्रुवबहादुर प्रधान चुनावी मैदानमा उत्रिएका थिए ।
यस्तै सशस्त्र प्रहरीका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ काठमाडौं– ४ बाट निर्वाचनमा उत्रिएका थिए । श्रेष्ठ राप्रपाबाट चुनाव उठेका थिए । श्रेष्ठले ४०५० मत पाएका थिए ।
यस्तै नवलपरासी पूर्व–२ बाट उम्मेदवार बनेका पूर्वडीआइजी ध्रुवबहादुर प्रधानको क्षेत्रमा भने निर्वाचनको मतपरिणाम आउन बाँकी छ ।