४४ सार्वजनिक संस्थान :-कस्को नाफा कति,घाटा कति ?

सरकारको स्वामित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा र बाँकी १९ वटा घाटामा रहेका छन् । सरकारले घाटामा सञ्चालनमा रहेका संस्थानलाई क्रमश निजीकरण गर्दै लैजाने योजना बनाएको छ । बजेटमार्फत नै झण्डै दुई दर्जन संस्थानलाई मर्ज गर्ने नीति लिएको छ ।

Advertisement 1

सञ्चालनमा रहेका सार्वजनिक संस्थानमा सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल विद्युत प्राधिकरण रहेको छ । यस्तै सबैभन्दा बढी नोक्सानमा नेपाल आयल निगम रहेको छ । नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म १३ अर्ब ३७ करोड ४६ लाख ७१ ह्जार रुपैयाँ नाफा आर्जन गर्दा दूरसञ्चार प्राधिकरणले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको विवरण सार्वजनिक भएको छ ।

नेपाल पूर्वाधार निर्माण कम्पनीको ३८ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गर्दा नेपाल आयल निगमले ३८ अर्ब १७ करोड ७७ लाख रुपैंया घाटा बेहोरेको छ । यस्तै नेपाल वायुसेवा निगमको नोक्सान १ अर्ब ७० करोड ३० लाख, नेपाल खानेपानी संस्थानको ३९ करोड ५४ लाख, दुग्ध विकास संस्थान ३७ करोड ४ लाख नोक्सानमा रहेको छ ।

Advertisement 2

 

प्रकाशित :२०८० जेष्ठ १५, सोमबार १२:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry