लोकसेवामा राजनीतिक भागबण्डा :- कांग्रेसको कोटामा संसदीय दलका नेताकै श्रीमती


कर्णाली प्रदेश लोक सेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भए । उपाध्याय पूर्व सहसचिव हुन् । स्थायी घर दैलेख भए पनि उनी हाल वीरेन्द्रनगरपालिका –१२ सुर्खेत बस्दै आएका उनी नेकपाको कोटाबाट लोकसेवा अध्यक्ष नियुक्त भए ।
यस्तै यस्तै आयोगका सदस्यहरुमा बसन्ती कुमारी सिंह शाही र भक्तबहादुर खड्का नियुक्त भए । हिजो बिहिबार नै एक कार्यक्रमकाबीच प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आयोगका नवनियुक्त अध्यक्ष उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराए । यस्तै आयोगका सदस्यमा नियुक्त भएका वसन्ती कुमारी सिंह शाही र भक्तबहादुर खड्कालाई अध्यक्ष उपाध्यायले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
यसरी संवैद्याानिक निकाय लोकसेवाका अध्यक्ष तथा सदस्यको नियुक्त गरिँदा राजनीतिक दलको कोटा प्रणाली लागू भएको छ । तीन जना चयन गरिँदा नेकपाकाट दुई र कांग्रेसबाट एक जना चयन भएका छन् । स्रोतका अनुसार अध्यक्ष नियुक्त भएका उपाध्याय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कोटामा,अर्काे सदस्य खड्गा चाहिँ सभामुख राजनबहादुर शाहीको कोटाबाट नियुक्त भए भने त्यहाँका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीको कोटाबाट बसन्तीकुमारी सिंह शाही नियुक्त भइन् । उनी जीवनबहादुर शाहीको श्रीमती हुन् ।

प्रकाशित :२०७७ फाल्गुन ७, शुक्रबार ११:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry