सचिव पाण्डेले पीएसओलाई डिपोजिट गर्न लगाए १ करोड १४ लाख
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं रकम असूली गरिएको प्रकरणमा प्रहरीले ५८ दिन लामो अनुसन्धान गरेर सोमबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
Advertisement 1
नक्कली शरणार्थी प्रकरणमा मुछिएका टेकनारायण पाण्डेले गृहसचिव छँदा एक करोड १४ लाख रुपैयाँ आफ्नो बैंकमा डिपोजिट गर्न लगाएको खुलेको छ । उनले आफ्नो निजी सुरक्षा अधिकृतलाई पटकपटक गरेर एक करोड रुपैयाँभन्दा बढी रकम विभिन्न बैंकको खातामा जम्मा गर्न लगाएको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
सचिव पाण्डेले पीएसओलाई रकम डिपोजिट गर्न लगाएको अनुसन्धानबाट थाहा भएको प्रहरी स्रोतको भनाइ छ । गिरोहबाट लिएको रकम उनले ४ वटा छुट्टाछुट्टै बैंकमा डिपोजिट गरेका हुन् । शरणार्थी प्रकरणमा लिएको रकम फरकफरक समयमा ७ पटक आफ्नो बैंक खातामा पाण्डेले डिपोजिट गरेका थिए ।
Advertisement 2
अनुुसन्धानका क्रममा प्रहरीले पाण्डेको बैंक खाता विवरण उपलब्ध गराइदिन भन्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । जवाफमा एक करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको विवरण राष्ट्र बैंकले पठाएको हो ।