राजश्व अनुसन्धान विभागका पाँच निर्देशकको जिम्मेवारी हेरफेर
राजश्व अनुसन्धान विभागका पाँच जना निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । अनुसन्धान विभागले उपसचिवहरु इश्वरी ढकाल,नवराज अधिकारी,इन्द्र गौतम,सन्तोष पौडेल र शशि कुमार लम्सालको शाखा हेरफेर गरेको हो ।
Advertisement 1
विभागले प्रशासन समुहका पाँच निर्देशकहरुलाई आन्तरिक शाखा परिवर्तन गरेको हो । विभागको अनुसन्धान शाखा नं ७ मा कार्यरत रहेका इन्द्र गौतमलाई योजना शाखामा लगेको छ । यस्तै योजना शाखामा निर्देशक रहेका नवराज अधिकारीलाई प्रशासन शाखामा लगेको छ । यस्तै, विभागकै अनुसन्धान शाखा नं २ मा निर्देशक रहेका सन्तोष पौडेललाई अनुसन्धान शाखा नं ३ मा सारिएको छ । अनुसन्धान शाखा नं ३ मा कार्यरत शशि कुमार लम्साललाई अनुसन्धान शाखा नं २ मा लगिएको छ । यस्तै विभागको प्रशासन शाखामा निर्देशक रहेका इश्वरी प्रसाद ढकाललाई अनुसन्धान शाखा नं ७ मा लगिएको छ ।
यस्तै राजश्व अनुसन्धान कार्यालय पथलैयामा कार्यरत शाखा अधिकृत प्रमोद चौधरी र मान सिंह धामीको प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।