गृह मन्त्रालयमा आतंकवाद प्रतिरोधबारे गम्भीर छलफल

गृह आतंकवाद प्रतिरोध सम्बन्धी छलफल चलिरहेको छ । गृहमन्त्रालयले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आतंकवाद प्रतिरोध सम्बन्धी छलफल गरिरहेको छ ।

Advertisement 1

बिहान ११ बजेबाट शुरु भएको बैठक अपरान्ह २ बजेसम्म चल्ने गृह स्रोतले जनाएको छ । सिंदरबारमा जारी बैठकमा नेपाली सेना र तीनवटै प्रहरी संगठनका प्रमुखहरु सहभागी थिए । उक्त बैठकमा नेपाली सेनाको तर्फबाट रथी सिताराम खड्का, नेपाल प्रहरीका आइजी वसन्त कुँवर, सशस्त्र आइजी राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सिआइबी प्रमुख किरण बज्राचार्य लगायतको उपस्थिति रहेको छ ।

आतंकवाद प्रतिरोधका लागि आवश्यक तयारीलगायतका विषयमा रणनीतिक छलफलको अध्यक्षता गृहसचिव दिनेश भट्टराईले गरिरहेका छन् ।

प्रकाशित :२०८० मंसिर १, शुक्रबार १२:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry