स्थायी कर्मचारीको विवरण खोज्दै सामान्यको पाँचौ परिपत्र,’टेर पुच्छर’ लगाएन कार्यालयहरुले

संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालयले कर्मचारीको विवरण माग्दै छैटौं पटक परिपत्र गरेको छ । यस अघि मन्त्रालयले पाँच पटकसम्म परिपत्र गरेको भए पनि सो परिपत्रलाई संघीयदेखि प्रदेश र स्थानीय तहसम्म अटेरी गरेपछि फेरि अर्काे पटक परिपत्र गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भए लगतै मन्त्री अमनलाल मोदीको निर्देशनमा सामान्यले पहिलो पटक माघ २७ मा निजामती सेवाका कर्मचारीको विवरण माग्दै परिपत्र गरेको थियो ।
त्यस यता मन्त्री मोदीको निर्देशनमा सचिवस्तरीय निर्णय गर्दै माघ २७, फागुन ३०, वैशाख २८, जेठ ३, २९ जेठमा एउटै व्यहोराको परिपत्र गरेको छ ।मन्त्रालयले माघ २७ यता विभिन्न मन्त्रालय र मातहतका निकायलाई पाँचपटक पत्र काटिसकेको छ । तर, विवरण कसैले दिएका छैनन् ।

Advertisement 1

विभिन्न मन्त्रालय र मातहत निकायलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छैटौं पटक परिपत्र गरेको छ ।पाँचौ पटक परिपत्र गर्दा समेत मन्त्रालयलाई नटेरे पछि फेरि अर्काे पटक परिपत्र गरिएको हो ।

bbb
सामान्यले गरेको परिपत्रमा कर्मचारीको नाम, पदसंख्या, सेवा समूह, हाल कार्यालयमा कार्यरत अवधि, दरबन्दीको अवस्था र रिक्त संख्या उपलब्ध गराउन आग्रह गरिएको छ ।

Advertisement 2

यसरी सामान्यको परिपत्रले संघीयदेखि प्रदेश र स्थानीय तहले अटेरी गरी विवरण उपलव्ध नगराएका कारण कर्मचारीहरु कहाँ काम गर्दै छन्  ? तिनका दरबन्दी कहाँ हो ? काजमा कार्यरत छन् वा सरुवा भएका हुन् ? ती खटाएको स्थानमा गएका छन् कि छैनन् ? अस्थायी हुन् कि स्थायी हुन्  ? लगायतको विवरण पाउन सकिएको छैन ।

पछिल्लो पटक सचिवस्तरीय निर्णय गर्दै राजपत्रांकित र राजपत्र अनंकित कर्मचारीको छुट्टाछुट्टै विवरण १५ दिनभित्र पठाउन भनिएको छ ।

Advertisement 3

 

प्रकाशित :२०८० असार १३, बुधबार ११:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry