अर्घाखाँचीको पहिलो महिला सिडियोको चार महिनामै सरुवा,ट्रेड युनियनले गरे बिदाई

अर्घाखाँची जिल्लाको पहिलो महिला सिडियोको रुपमा जिम्मेवारी सम्हाल्न पुगेकी मीना अर्याललाई चार महिनामै सरुवामा परेकी छिन् । गत माघ १२ गतेदेखि  जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न पुगेकी अर्याल अस्ति सरुवामा परेकी हुन । उनलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट अध्यागमन कार्यालय गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा खटाइएको छ ।

Advertisement 1

मीनाले सहायक लेखापाल, सह लेखापाल, नायव सुब्बा, शाखा अधिकृत सबैमा खुलाबाट पहिलो पटकमै लोकसेवा उत्तीर्ण गरेकी हुन । शाखा अधिकृतमा पहिलो पोष्टिङ महिला मन्त्रालयमा भएको थियो । लोकसेवाको अधिकृतस्तरमा उत्तीर्ण हुने उनी नै जिल्लाको पहिलो महिला समेत हुन मीना । महिला विकास विभाग, राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय, जिल्ला समन्वय समिति रसुवा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग हुँदै हाल प्रमुख जिल्ला अधिकारीको रुपमा खटिएकी  मीना अर्घाखाँचीको जिल्ला प्रशासन हाँक्ने पहिलो महिला सीडीओ समेत हुन । अर्घाखाँची जिल्लाको प्रशासन हाँक्ने हालसम्म ५० जना सिडियोमध्ये ४९ जना पुरुष हुन ।

सरुवामा परेकी अर्याललाई आज आधिकारिक ट्रेड युनियन लगायत अन्य ट्रेड युनियनहरुले संयुक्तरुपमा विदाई गरेका छन । अर्घाखाँची जिल्लामा ईतिहासमै पहिलो महिला प्रमुख जिल्ला अधिकारी मीना अर्यालको ४ महिले कार्यकाल सफल रहेको उक्त कार्यक्रममा सहभागी विभिन्न ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरुले बताएका थिए ।

Advertisement 2

जिल्लामा ट्रेड युनियनले संचालन गरेको सेवाग्राहीको अभिवादन कार्यक्रमलाई कार्यालय प्रमुखको वैठकबाट निर्णय गराई लागु गराउनु भएको थियो । साथै उक्त विदाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले यस जिल्लामा रहँदा वस्दा सबैबाट साथ तथा सहयोग र समन्वयन भएकोले ४ महिने कार्यकाल सुखद रहेको भन्दै सहयोग गर्ने जिल्लाबासी सम्पूर्णमा धन्यवाद तथा आभार व्यक्त गर्नु भएको थियो ।

साथै यसरी सकरात्मक र रचनात्मक क्रियाकलाप गर्ने अर्घाखाँचीका सबै ट्रेड युनियनहरुलाई यस्तै क्रियाकलाप गर्न अग्रसर रहनु भन्दै शुभकामना दिनु भएको थियो । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्याल, संगठनका गणेश प्रसाद भण्डारी, राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष पूर्ण प्रसाद पराजुलीऽ संगठनका जिल्ला सचिव माधव भुसाल लगायत ट्रेड युनियनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Advertisement 3

साथै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीले यस जिल्लाबाट आन्तरिक राजस्व कार्यालय बुटवलमा सरुवा हुनु भएका कर अधिकृत कमल सुवेदी, भैरहवा लुम्बिनी भूमीगत जलसिंचाई व्यवस्थापन कार्यालयमा सरुवा हुनु भएका क.अ. जगदिश्वर पाण्डेको विदाई जिल्ला हुलाक कार्यालयमा लोकसेवा बाट नयाँ सिफारिस भई आउनु भएका खरिदार कृष्ण प्रसाद ज्ञवालीको स्वागत गरेको थियो ।

कार्यक्रम निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्माको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी मिना अर्यालको प्रमुख आतिथ्यता र सिबिएका सह सचिव नारायण दमासेको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रकाशित :२०८० जेष्ठ ५, शुक्रबार १६:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry