भिजिट भिसामा विदेश पठाउँदा अध्यागमन कर्मचारीलाई ५० हजार घुस

भिजिट भिसामा विदेश पठाउँदा विमानस्थलका कर्मचारीहरुले ५० हजार घुस लिने गरेको पाइएको छ । प्रहरी अनुसन्धानमा भिजिट भिसामा सरकारले लिएको नीति विपरित अध्यागमन विभागका कर्मचारीहरुले नयाँको हकमा ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका) हरुको हकमा ४० हजार रुपैयाँ लिएर नक्कली कागजपत्रधारीहरुलाई अध्यागमन अनुमति दिने गरेको भेटिएको हो । यस्तै कागजात मिलाए बापत ट्राभल्सहरुले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेका थिए ।

Advertisement 1

यस्तो धन्दामा संग्लग्न कर्मचारी,गिरोह र ट्राभल एजेन्सी सञ्चालक गरी ३२ जनालाई पक्राउ गरेको हो । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्नहरुलाई पक्राउ गरेको हो ।

यो प्रकरणमा गत असोज १९ गतेदेखि हालसम्म सो प्रकरणका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ , जसमा कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका छन् । उनले ९ जनाको संगठित अपराधमा अनुसन्धान भइरहेको र लिखत सम्बन्धी कसुरमा १२ जनाको अनुसन्धान भइरहेको जानकारी दिए । ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन् । त्यस्तै एडभान्स म्यानेजमेण्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेको उनले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल रहेकोछन् ।

प्रकाशित :२०८० मंसिर २८, बिहीबार ०६:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry