सशस्त्र र चिनियाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमास्तम्भ निरीक्षण

सङ्खुवासभा। सशस्त्र प्रहरी बल नेपाल किमाथाङ्का स्थित सीमा सुरक्षा पोष्ट (बिओपी) र चिनियाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकाका रहेका नेपाल–सीमामा रहेका स्तम्भ निरीक्षण गरेको छ।

Advertisement 1

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरअन्तर्गतको किमाथाङ्का बिओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्का चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना पर्ने नेपाल–चीन सिमानाका ५ स्तम्भको निरीक्षण गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर–४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलका अनुसार उक्त टोलीले ६६, ६७, ६८÷२, ६९÷१ र ६९÷२ नम्बरका स्तम्भ (जङ्गेपिल्लर) निरीक्षण गर्नुका साथै सीमाको अवस्थालगायतबारे जानकारी लिएको थियो।

टोलीमा किमाथाङ्काका इन्चार्ज नविन खतिवडा नेतृत्वमा ७ जना, नेपाल प्रहरीका ४ जना र चीनका तर्फबाट ८ जना सहभागी थिए। टोलीले सीमा स्तम्भ निरीक्षणका साथै सरसफाइ समेत गरेको थियो।

Advertisement 2

नेपाल–चीनको सीमाअन्तर्गत सङ्खुवासभामा २१ वटा स्तम्भ छन्। भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा गत जेठमा आएको बाढीले यहाँस्थित ७१÷१ नम्बरको स्तम्भ बगाएको थियो। भोटखोला गाउँपालिका वडा नं १, २ र ३ को भूभाग चीनसँग जोडिएका छन्। यस क्षेत्रमा करिब ५ हजारको बसोबास छ। किमाथाङ्का नाकामा २०७६ सालमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट स्थापना भएको हो।

प्रकाशित :२०८२ भाद्र १, आईतवार १९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry