त्रिविका दुई उपप्राध्यापकलाई स्पष्टीकरण

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले दुई उपप्राध्यापकलाई स्पष्टीकरण सोधेको छ। २०७५ मंसिरदेखि अध्ययन बिदामा गएर नफर्केको भन्दै त्रिवि कर्मचारी प्रशासन शाखाले उपप्राध्यापक अलंका काफ्ले र ईन्द्रबहादुर भण्डारीलाई स्पष्टीकरण सोधेको हो।

Advertisement 1

दुवै जना त्रिव पूर्वाञ्चल क्याम्पस धरानमा प्रध्यापन गर्दै आएकामा बिदा सिकएपछि पनि क्याम्पसमा उपस्थित नभएका त्रिविको भनाइ छ। काफ्लेको बिदाको अवधि २०८० मंसिर १ गते सकिएको थियो।

बिदाको नियमअनुसार उनी मंसिर २ गते क्याम्पसमा उपस्थित हुनुपर्ने हो। त्यस्तै भण्डारी २०८० मंसिर ३ गते क्याम्पसमा हाजिर हुनुपर्नेमा १५ गते १ दिनमात्रै हाजिर भएको त्रिवि प्रशासन शाखाले जानकारी दिएको छ।

Advertisement 2

त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५०को परिच्छेद १० को नियम ८४ (१) अनुसार किन नहटाउने भन्दै स्पष्टीकरण सोधिएको हो। सोमबारको मितिले १५ दिनभित्र स्पष्टीकरण नदिएमा सेवाबाट हटाउने सूचनामा उल्लेख छ।

प्रकाशित :२०८१ जेष्ठ ७, सोमबार १०:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry