४३ दिनदेखि गायब कर्मचारीलाई मन्त्रालयमा हाजिर हुन सात दिने म्याद

बिदा स्वीकृत नगराई झण्डै डेढ महिना गायब भएका सशस्त्र प्रहरीको एक चिकित्सकलाई साता दिनभित्र सफाइ पेश गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
सशस्त्र प्रहरी बलको एपीएफ अस्पताल बलम्बु कार्यरत डा समिर केसी बिदा स्वीकृत नगराई ४३ दिनदेखि गायब भएको भन्दै गृह मन्त्रालयले एक साताभित्रमा सफाइ पेश गर्न निर्देशन दिएको छ ।

Advertisement 1

गृह मन्त्रालयको सचिवस्तरीय निर्णय गर्दै नेपाल एपीएफ अस्पताल बलम्बु कार्यरत डा केसीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र मन्त्रालयमा सफाइ पेश गर्न निर्देशन दिएको हो । प्राविधिक सशस्त्र प्रहरी निरिक्षकमा कार्यरत डा केसी १२ चैत २०७८ बाट अस्पतालमा उपस्थित नभएको सूचनामा जनाइएको छ । विदा
स्वीकृत समेत नगराइ गायब भएपछि विभागीय कारवाही अगाडि बढाउन गृहले सूचना जारी गरेको हो ।

Advertisement 2

पनौती नगरपालिका, काभ्रेका स्थायी बासिन्दा केसीसँग सम्पर्क समेत स्थापित हुन नसकेको गृहले जनाएको । गृहले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ,तपाई पदीय आचरण विपरीत कार्य गरेकाले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) बिदा स्वीकृत नगराई लगतार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ अनुसारको कसूरमा ऐ नियमावलीको ११० को खण्ड (ख) १ बमोजिम ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी हटाउने’ विभागीय कारवाही गर्न लागिएको व्यहोरा सूचित गरिन्छ,’ ।

प्रकाशित :२०८० बैशाख ३१, आईतवार १०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry