कर्मचारीको ‘सेटै परिवर्तन’ गर्ने तयारीमा अर्थमन्त्री,भित्रदैछन् यी सहसचिवहरु

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो पूरा टिम नै परिवर्तन गर्ने तयारी गरिरहेका छन् ।

Advertisement 1

मन्त्री नियुक्त भएको १० दिनमै अर्थ र राजश्वको दुबै नयाँ सचिव भित्राएका पौडेलले अर्थ मातहतका विभाग वा महाशाखाका प्रमुखहरु परिवर्तन गर्ने खोजेका अर्थमन्त्री निकट स्रोतको भनाई छ ।
अहिले एमाले निकटका भनि चिनिएका तोयम राया र रामप्रसाद घिमिरेलाई अर्थमा भित्राइएको छ ।

यसका अलवा अर्थका विभिन्न महाशाखाका हाकिमहरु पनि परिवर्तन गर्न लागिएको अर्थ मन्त्री निकट उक्त स्रोतले दावा गरेको छ ।
अहिले अर्थको प्रशासन महाशाखा केदारनाथ शर्मा,बजेट महाशाखामा हालैमात्र आन्तरिक राजश्वबाट तानिएका रितेश शाक्य,नीति शाखामा बाबुराम सुवेदीका अलवा रमेश कुमार केसी,सुमन दाहाल,ईश्वरी प्रसाद अर्याल,आनन्द काफ्ले र भुपाल बराल लगायतका सहसचिवहरु कार्यरत छन् ।

Advertisement 2

यस्का अलवा भन्सार विभाग र ठूला करदाताका लागि पनि नयाँ हाकिमको खोजी हुन थालेको छ ।

चण्डी घिमिरेसहित धनिराम शर्मा र श्रीकृष्ण नेपालहरुलाई अर्थमा भित्र्याउने तयारी चल्दैछ । राष्ट्रिय योजना आयोगमा रहेका धनिराम शर्मा र प्रधानमन्त्री कार्यालयमा रहेका श्रीकृष्ण नेपाललाई अर्थ मन्त्रालयमा ल्याउन तयारी भइरहेको छ ।

Advertisement 3

कृष्ण नेपाल यस अघि वैदेशिक समन्वय महाशाखा कार्यरत थिए । उनलाई ओली सरकारले वासिङ्गटनस्थित विश्व बैंक मुख्यालयमा खटाएको थियो ।तर सरकार परिवर्तन लगत्तै देउवा सरकारले उनलाई स्वदेश तान्यो । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणाको आफ्नो भनिएका मान्छे रामचन्द्र भट्टको उक्साहटमा विश्व बैंकबाट नेपाललाई झिकेर उपसचिवलाई पठाइयो । नेपाल यतिखेर भने प्रधानमन्त्री कार्यालयमा छन् ।

हालै बढुवा भएका चण्डी घिमिरेलाई पदस्थापन गर्दा अर्थमा राखिने निश्चित रहेको अर्थ स्रोतले जनाएको छ । पहिले अर्थमन्त्रालयमै बिष्णु पौडेलको निजी सचिव र बजेट महाशाखामा रहेका सहसचिव धनिराम शर्मालाई पनि पहिलेकै ठाउँमा लैजाने सम्भावना देखिन्छ । अर्थमा लैजान अरु केही नयाँ सहसचिवहरुको पनि खोजी भइरहेको उक्त स्रोतले जनाएको छ ।

 

प्रकाशित :२०७९ पुष २९, शुक्रबार १०:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry