केहि स्थानीय तहले भोलि दिए सार्वजनिक बिदा

गुल्मीका चार स्थानीय तहले भोलि सार्वजनिक बिदा दिएका छन् । जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरबार गाउँपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् ।
Advertisement 1
४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा चारवटा स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।
सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिइएको छ।
प्रकाशित :२०८० फाल्गुन १४, सोमबार १७:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%