कस्तो छ नयाँ गृह सचिवको ट्रयाक रेकर्ड ?

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेकै दिन उनले गृहमा ल्याएका सचिव विनोदप्रकाश सिंह सरुवामा परेका छन् ।
गृहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका दिनेश भट्टराईलाई ल्याएर गृह सचिव सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
भट्टराई प्रधानमन्त्री कार्यालयका आर्थिक तथा पूर्वाधार माहाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए । यस अघि प्रदेश १ को प्रमुख सचिव र वाणिज्य तथा आपूर्ति सचिवको भूमिकामा रहेर काम गरिसकेका भट्टराईले यस अघि मकवानपुर,उदयपुर, बारा, दाङलगायतको जिल्लाको प्रमुख जिल्ला अधिकारी चलाइसकेका छन् ।

Advertisement 1

शिक्षाका क्याडर टेकनारायण पाण्डेलाई सचिवको जिम्मेवारी दिइएसँगै गृहको प्रशासन सबैभन्दा बढी विग्रिएको थियो । पाण्डेलाई खाँण गृहमन्त्री हुँदा २७ साउनमा मन्त्रालयमा भित्राइएकोमा झण्डै १३ महिना गृह सचिवको जिम्मेवारीमा रहेका थिए । त्यहाँबाट सरुवामा परेर उपराष्ट्रपति कार्यालयमा पठाइएपछि पाण्डे महिनादिनसम्म कार्यालयमा हाजिर हुन गएनन,उपचारको सिलसिलामा दिल्लीमा रहेको भन्दै उतै हराए । पाण्डे मुख्य सचिवलाई समेत जानकारी नदिइ दिल्लीतिर हराएका थिए । प्रहरीले हालैमात्र पाण्डेलाई सर्वसाधारणलाई नक्कली शरणार्थी बनाएर करोडौं कुम्ल्याउने आपराधिक गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित :२०८० बैशाख २७, बुधबार १२:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry