परराष्ट्रमा एकै पटक ५ सहसचिव,३ उपसचिवमा बढुवा,व्यवस्थापनमा कठिनाई

डेढ बर्ष ढिलो गरी बढुवा भएका परराष्ट्र सेवाका ५ सह सचिव एकातिर जिम्मेवारी नपाउने अर्कोतिर सेवा सुविधा पनि नपाउने स्थितीमा छन् ।
दुई साता अघि परराष्ट् सेवामा ५ जना उपसचिव सह सचिवमा उकालिए ।
यसरी सहसचिवमा उक्लिएका कर्मचारीको व्यवस्थापन गर्न परराष्ट्लाई हम्मे हम्मे परेको त्यहाँका कर्मचारीहरुले पीडा पोखेका छन् ।
दुई दिनको अन्तरालमा ५ जना सहसचिव थपिँदा अहिले ती सह सचिवको व्यवस्थापनको बिषयले परराष्ट्का उच्च अधिकारीहरुको टाउको दुखाई बन्न थालेको छ । मन्त्रालयका अनुसार कार्यक्षमता मुल्यांकनका आधारमा उपसचिवद्धय कृष्णचन्द्र अर्याल,धनबहादुर ओली सहसचिवमा उक्लिएको भोलीपल्टै जेष्ठता र कार्य सम्पादन मुल्यांकनका आधारमा उपसचिवत्रय सुधिर भट्टराई,घनश्याम लम्साल र तेजबहादुर क्षेत्री सहसचिवमा उक्लिएका हुन् ।
परराष्ट्र सेवाका कर्मचारीहरु वरिष्ठता र पुल दरबन्दीको किचलोमा थिए । मुद्धा अदलातसम्म पुगेर कर्मचारीकै पक्षमा फैसला भएसँगै डेढ बर्ष ढिलो गरी ५ सह सचिव त थपिए ।
तर उनीहरुलाई न त बस्ने कार्यकक्ष,न त सवारी साधन न पोष्टिग गर्नै ठाउँ नै बाँकी हुँदा हालै बढुवा भएका सहसचिवको व्यवस्थापन मन्त्रालयका लागि टाउको दुखाईको बिषय बन्न पुगेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार अहिले मन्त्रालयका कुनै शाखा रिक्त छैन्, नियामली मिचेर परराष्ट्र सेवाका भन्दा बाहिरका मान्छे टिपेर राजदुत बनाएर पठाइँदा उनीहरुको पोष्टिग गर्ने ठाउँ पनि बाँकी रहेन् । सोहीक कारण हालै बढूवा भएका कर्मचारीलाई अब कहाँ खटाउने ? के जिम्मेवारी दिने ? यो समस्याले परराष्ट्रका कर्मचारीलाई पोल्न थालेको छ ।
उता यता बढूवा भएका ५ सहसचिवकै व्यवस्थापनमा समस्या झेलिरहेको परराष्ट्र मन्त्रालयमा  जेष्ठता र कासमुका आधारमा कुल बहादुर मगर,शिवानी बस्नेत र सबिता नकर्मी सहितका तीन अधिकृत उपसचिवमा उक्लिएका छन् । कार्यक्षमता मुंल्याकनका आधारमा अरु तीन जना अधिकृत उपसचिवमा बढुवा हुँदैछन् । यसरी बढुवा भएका उपसचिवलाई कहाँ व्यवस्थापन गर्ने ? तनावमा छन् परराष्ट्रका हाकिमहरु ।

प्रकाशित :२०७८ असार २७, आईतवार १२:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry