आजदेखि बढ्यो डाक्टरको फी, अब एकपटक भेट्दा :-३७० देखि ८२५ सम्म
आजदेखि डाक्टरहरुको शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल अर्थात अफिनको बसेको बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो । जसअनुसार अब ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क तिर्नुपर्ने भएको छ ।
तोकिएको नयाँ शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबिबिएस र बिडिएस डाक्टरले ३७०, ५ वर्ष भन्दा माथिकाले ४५० रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन्।
एमबिबिएस र बिडिएस पास भएर डिप्लोमा तालिम लिएका डाकटरले ५ वर्षभन्दा कम अनुभव भएकाले ५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिन पाउने छन्।
Advertisement 1
यस्तै एमडी वा एमएस र एमडिएस डाक्टरको हकमा ५ वर्ष अनुभव नभएकाले ६६० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ७०० रुपैयाँ लिन पाउने भएका छन्। डिमए तथा एमसिएच गरेका डाक्टरको हकमा ५ वर्षभन्दा कम अनुभव भएकाले ७७० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ८२५ रुपैयाँ लिन पाउने भएका छन्।
यस्तै १० वर्षभन्दा बढी अनुभव भएका एमडी एमएस र एमडिएस डाक्टरले ८२५ रुपैयाँ शुल्क लिन पाउने भएका छन्। सेवा प्रदायक संस्थाले त्यसमा २० प्रतिशतसम्म जोडेर शुल्क लिन पाउनेछन् । जस्तो ५ वर्षभन्दा बढी अनुभव भएको एमबिबिएस वा एमडी चिकित्सकलाई भेट्दा चिकित्सकको फी ७०० र सेवा प्रदायक संस्थाले लिन सक्ने अधिकतम २० प्रतिशत शुल्क १४० गरी जम्मा ८४० शुल्क लिन सक्नेछन् ।