फेरिए अर्थसचिव, आए अर्जुन पोखरेल

सरकारले बुधबार सचिवहरुको सरुवा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले केही सचिवहरुको सरुवा गरेको हो । जसमध्य राष्ट्रपति, उपराष्ट्रपति,प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवहरुको सरुवा गरेको छ ।

Advertisement 1

लामो समयदेखी चर्चामा रहेको अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुन पोखरेलले पाएका छ्न । ३ वर्षअघि सचिव भएका पोखरेल २०५१ सालमा हुलाक अधिकृतका रुपमा सरकारी सेवमा प्रवेश गरेका थिए ।२०६१ सालमा उपसचिव भएका पोखेरल २०६७ सालमा सहसचिव बनेका थिए । उनी अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, विमानस्थल भन्सार, सम्पत्ति शुद्धीकरण विभाग लगायतका निकायमा बसेर उनले कार्य अनुभव हासिल गरिसकेका छन् । अर्थ मन्त्रालयको प्रवक्ता , सोही मन्त्रालयको प्रशासन महाशाखा प्रमुख, कपिलवस्तु र रुपन्देही प्रमुख जिल्ला अधिकारी भएर काम गरेको उनीसँग अनुभव छ। उनी सुदुरपश्चिम प्रदेशको सचिव भएर समेत काम गरिसकेका छन् ।उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिवका रुपमा समेत काम गरेका छन् ।

अर्थ मन्त्रालयका सचिव तोयम रायालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालालाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।  भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि अतिरिक्तमा तानिएका छ्न ।

Advertisement 2

तेस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा रहेका सचिव वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै व्यवस्थापन गरिएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सुमन अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा सरुवा गरेको छ ।

प्रकाशित :२०८० बैशाख २१, बिहीबार ०६:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry